नटिङहम नेपाली मेला अब नाम फेरेर मिडल्याण्ड मेलाका रुपमा आयोजना हुंदै

लन्डन । नेपाली समाज नटिङहमले वर्षेनी गर्दै आएको नटिङहम नेपाली मेला अब मिडल्याण्ड मेलाका रुपमा आयोजना हुने भएको छ । सम्पूर्ण मिडल्याण्डवासीको सल्लाह सहमतिअनुसार नाम परिवर्तन गरि मिडल्याण्ड मेला बनाउने निर्णय भएको हो । तेस्रो मिडल्यान्ड मेलाका अध्यक्ष रामप्रसाद पन्थी, नेपाली समाजका पदाधिकारी, सल्लाहकार र पूर्व अध्यक्षलगायत मिडल्यान्डस्थित विभिन्न सघंसंस्थाका प्रतिनिधिको सहभागितामा उक्त निर्णय गरिएको […]

Jul 15, 2025 - 21:07
 0
नटिङहम नेपाली मेला अब नाम फेरेर मिडल्याण्ड मेलाका रुपमा आयोजना हुंदै

लन्डन । नेपाली समाज नटिङहमले वर्षेनी गर्दै आएको नटिङहम नेपाली मेला अब मिडल्याण्ड मेलाका रुपमा आयोजना हुने भएको छ ।

सम्पूर्ण मिडल्याण्डवासीको सल्लाह सहमतिअनुसार नाम परिवर्तन गरि मिडल्याण्ड मेला बनाउने निर्णय भएको हो ।

तेस्रो मिडल्यान्ड मेलाका अध्यक्ष रामप्रसाद पन्थी, नेपाली समाजका पदाधिकारी, सल्लाहकार र पूर्व अध्यक्षलगायत मिडल्यान्डस्थित विभिन्न सघंसंस्थाका प्रतिनिधिको सहभागितामा उक्त निर्णय गरिएको समाजका महासचिव रेशम खड्का (वीरेन्द्र) ले जानकारी दिए ।

सन् २०२३ मा तत्कालीन अध्यक्ष रविन्द्र शर्माको कार्यसमितिले शुरु गरेको नेपाली मेलालाई सम्पूर्ण मिडल्याण्डवासीलाई समेटेर १४ जुलाईमा मिडल्याण्ड मेला नामाकरण गरिएको हो ।

यस वर्षको मिडल्याण्ड मेला आगामी अगष्ट ११ तारिख सोमबार नटिङहमस्थित मेलवर्न पार्कमा हुने तय भएको छ ।

‘समर होलिडेको अन्तिम गन्तव्य नटिङहममा जाउँ, नाचगान गरौँ भन्ने नारासहित आयोजना गर्न लागिएको उक्त मेलामा सम्पूर्ण बेलायतवासी नेपालीलाई उपस्थित हुन तेस्रो मिडल्यान्ड मेलाका अध्यक्ष एवं कार्यक्रम संयोजक रामप्रसाद पन्थीले आग्रह गरेका छन् ।

मेलामा नेपालका राष्ट्रिय कलाकारको प्रस्तुति, पञ्चेबाजा, विभिन्न किसिमका झाँकीहरु प्रस्तुत गरिने खड्काले जनाए ।

मेला थप प्रभावकारी र सफल बनाउन सन्तोष रेग्मी अध्यक्ष कोभेन्ट्री समाज, नारायण फुयाँल, गोविन्द सापकोटा कोभेन्ट्री, शशांक शर्मा, दुर्गा सापकोटा नटिङहम, हरी भट्टराई, ओमन फाउन्डेशन नटिङहम, रमेश खनाल कोभेन्ट्रीलगायतलाई जिम्मेवारी तोकिएको छ ।

यसका साथै खेलकूदलगायत कोष व्यवस्थापनका लागि कोषाध्यक्ष रविन्द्र गिरी, मोहन केसी र अर्जुन सापकोटालाई तोकिएको छ भने मेलामा आर्थिक व्यवस्थापन, स्टल रेखदेख तथा संघसंस्थाहरुसंग समन्वय गर्न उपाध्यक्ष लोकनाथ अधिकारी र मुकुन्दहरि खराललाई जिम्मेवारी दिइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register