साढे ३ खर्ब ऋण उठाउने तालिका सार्वजनिक

काठमाडौं ।सरकारले चालू आर्थिक वर्ष २०८१|८२ मा ३ खर्ब ६२ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले साउन ७ गतेदेखि बोलकबोल प्रक्रियामार्फत ऋण संकलन गर्ने कार्यक्रम तय गरेको हो । सरकारले चालू वर्षको बजेट खर्च गर्न राजस्व तथा वैदेशिक सहायता पर्याप्त नहुने भएपछि आन्तरिक ऋण उठाउने योजना […]

Jul 22, 2025 - 06:17
 0
साढे ३ खर्ब ऋण उठाउने तालिका सार्वजनिक

काठमाडौं ।
सरकारले चालू आर्थिक वर्ष २०८१|८२ मा ३ खर्ब ६२ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले साउन ७ गतेदेखि बोलकबोल प्रक्रियामार्फत ऋण संकलन गर्ने कार्यक्रम तय गरेको हो ।

सरकारले चालू वर्षको बजेट खर्च गर्न राजस्व तथा वैदेशिक सहायता पर्याप्त नहुने भएपछि आन्तरिक ऋण उठाउने योजना अघि सारेको हो । यो ऋण विकास ऋणपत्र, ट्रेजरी बिल, नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र बिक्रीमार्फत उठाइनेछ । सरकारले चालू आर्थिक वर्षमा राजस्वबाट १३ खर्ब १५ अर्बबाहेक आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब, बाह्य ऋणबाट २ खर्ब ३३ अर्ब र अनुदानबाट ५३ अर्ब रूपियाँ बजेटको स्रोत जुटाउने लक्ष्य लिएको छ ।

कार्यालयका अनुसार पहिलो त्रैमास (साउन–असोज) भित्र १ खर्ब १३ अर्ब (विकास ऋणपत्र ११० अर्ब, नागरिक बचतपत्र २ दशमलव ५० अर्ब, वैदेशिक रोजगार बचतपत्र ५० करोड)दोस्रो त्रैमास (कात्तिक–पुस)भित्र ८५ अर्ब (ट्रेजरी बिल २५ अर्ब, विकास ऋणपत्र ६० अर्ब), तेस्रो त्रैमास (माघ–चैत) भित्र १ खर्ब ९ अर्ब (ट्रेजरी बिल ५० अर्ब, विकास ऋणपत्र ५६ अर्ब, नागरिक बचतपत्र २.५० अर्ब, वैदेशिक रोजगार बचतपत्र ५० करोड) र चौथो त्रैमास (वैशाख–असार) भित्र ५५ अर्ब (११ वटा ट्रेजरी बिलमार्फत) चालू आर्थिक वर्षको १९ खर्ब ६४ अर्बको कुल बजेटमध्ये १३ खर्ब १५ अर्ब राजस्व, ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण, २ खर्ब ३३ अर्ब बाह्य ऋण तथा ५३ अर्ब अनुदानबाट जुटाइनेछ ।

कार्यालयका अनुसार ३ वर्षे भुक्तानी अवधि भएको ऋणपत्र साउन ७ गते बोलकबोल र साउन ८ गते निष्कासन हुनेछ । यस्तै, ४ वर्षे अवधि भएको ऋणपत्र साउन १४ गते बोलकबोल र साउन १५ गते निष्कासन हुनेछ । ११ वर्षे अवधि भएको ऋणपत्र साउन २१ गते बोलकबोल र साउन २२ मा निष्कासन गरिनेछ ।८ वर्षे ऋणपत्र साउन २८ गते बोलकबोल र साउन २९ मा निष्कासन हुने तालिका छ भने १० वर्षे अवधि भएको ऋणपत्र भदौ ४ गते बोलकबोल र भदौ ५ मा निष्कासन गरिनेछ ।

यस्तै, भदौ ११ गते ३ वर्षे, भदौ १८ गते ९ वर्षे र भदौ २५ गते ६ वर्षे ऋणपत्रका लागि बोलकबोल हुनेछ । तिनको निष्कासन क्रमशः भदौ १२, १९ र २६ मा हुनेछ । ११ वर्षे ऋणपत्रको बोलकबोल असोज १ र निष्कासन असोज २ मा हुने छ । त्यसैगरी, ७ वर्षे ऋणपत्र असोज २२–२३ र ५ वर्षे ऋणपत्र असोज २९–३० मा बोलकबोल तथा निष्कासन गरिने तालिका छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register