सागर डिस्ट्रिलरीको आईपीओ खुल्दै

काठमाडौं ।  उत्पादन तथा प्रशोधन समूहतर्फ सागर डिस्ट्रिलरी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । चालु आर्थिक वर्ष लागेसँगै बोर्डले पहिलो पटक सो कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको हो । बोर्डले सो कम्पनीलाई कूल रु १४ करोड ५२ लाख बराबरको १४ लाख ५२ हजार कित्ता साधारण शेयर बिक्रीका लागि […]

Jul 29, 2025 - 03:52
 0
सागर डिस्ट्रिलरीको आईपीओ खुल्दै

काठमाडौं ।  उत्पादन तथा प्रशोधन समूहतर्फ सागर डिस्ट्रिलरी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । चालु आर्थिक वर्ष लागेसँगै बोर्डले पहिलो पटक सो कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको हो ।

बोर्डले सो कम्पनीलाई कूल रु १४ करोड ५२ लाख बराबरको १४ लाख ५२ हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । बोर्डका अनुसार सो कम्पनीलाई सोमबार साधारण शेयर बिक्रीका लागि अनुमति दिइएको हो ।

साधारण शेयर बिक्रीका लागि कूल ७६ कम्पनी प्रतिक्षामा छन् । तीमध्ये ३७ वटा जलविद्युत् कम्पनी रहेका छन् । होटल तथा पर्यटनतर्फ चार, विकास बैंक र फाइनान्स कम्पनी एक/एक वटा छन् । लगानी कम्पनीतर्फ तीन, उत्पादन तथा प्रशोधनतर्फ १८, माइक्रो इन्स्योरेन्सतर्फ तीन कम्पनी साधारण शेयर बिक्रीका लागि अनुमतिको प्रतिक्षामा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register