स्कटल्याण्ड एडण्वरा कार्निभल मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता
स्कटल्याण्ड को कार्निभल मा नेपालको प्रतिनिधित्व गर्दै स्कटल्यान तथा लन्डन निवासी नेपालीहरुले जनाए सहभातिता ।
नेपाल र नेपाली चिनाउने बाजागजा तथा भेषभुषा पहिरेर स्कटल्याण्ड निवासी नेपालीहरूले हिजो आईतबार (१७/जुलाई २०२२ मा स्कटल्यानको बेस्त सहर प्रिन्स स्टीट मा प्रदर्शन गरेका थिए ।
प्रत्येक वर्ष मनाउने कार्निवल मा यस वर्ष पचास भन्दा बडि राज्यहरूको सहभागिता रहेको थियो ।आ-आफ्नो देसको प्रतिनिधित्व गरेर आएका स्कटल्याण्ड निवासी तथा बाहिरका सहभागिहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए। जस्मा चाईनिज ,ब्रेज़िलिएन,भ्यनेज्वला आदि को प्रदर्शनी उत्कृष्ट रहेको थियो। नेपाल स्कटल्याण्ड एसोसीएसन/पासा पुच: गुठी स्कटल्याण्ड च्याप्टर का अध्यक्ष बिजय डंगोल को संयोजक मा संगठित नेपाली समुहले, नेवारी संस्कृती झल्काउने बाजा गाजा भेषभुषा प्रदर्शन गरेका थिए भने सो स्थान का मलिका पँचे बाजा समुहले नेपाली पँजे बाजा बजाएर नाचगान सहित प्रदर्शन गरेका थिए। स्कटल्याण्डमा भएको संयुक्त नेपाली संस्था स्काट्ल्यान ले सहभागिता जनाको थियो। यहि कार्यक्रम को लागि भनेर पाशा पुच्च गुठी युके लन्डन का कार्यकारी सदस्य हरूको समुहले सहभागिता जनाको थियो ।बिषेश कारणले आउन नपाएकोमा मा पाशा पुच्च गुठी युके का अध्यक्ष वजेस सिंह तथा पाशा पुच्च गुठी साउथ ईस्ट का अध्यक्ष मादब लाल क्षेष्ट ले दुख मान्दै कार्यक्रम सफलता को शुभकामना पनि दिनु भयो।
कार्यक्रम को बारे मा बोल्दै संयोजक बिजयले “यो स्काट्ल्यानको मात्र कार्यक्रम निभई पुरै नेपाल को प्रतिनिधित्व गर्ने भएकोले सबैलाई सहभागि भै नेपाल को परिचय बड़ाउन मदत गर्न आग्रह गर्नु भएको थियो साथै यही अनुसार सबै संघ संस्था ले भाग लिई सहयोग गरिदीनु भएकोमा धन्यवाद पनि दिएका छन्।कार्यक्रम मा NRNA स्कट्ल्यानका अध्यक्ष कांशीराम भण्डारी तथा संरक्षक भोला खनाल को पनि उपस्थित रहेको थियो। कार्निवल मा ७ वर्षीय एलेस सुवाल ले आफ्नो नेवारी परम्परागत लुगा लगाएर बजाएको नेवारी बाज़ाले घेरै को ध्यान आकर्षित गरेको थियो भने जिउदो देबी कुमारी ले पनि नेपाली को पहिचान बडाउने काम गरेको थियो ।
केही बर्ष कोरोना ले रोकीएको यो कार्यक्रम मा यस वर्ष पनि केही सहभागिता कम भएता पनि कार्यक्रम सफल रहेको आयोजक हरूको भनाई रहेको थियो ।
कार्यक्रम को अन्तिम अन्तिम मा यस कार्यक्रम को संयोजक ले लन्डन बाट आउनु भएका पाहुना सहभागि हरूलाई प्रमाणपत्र, सिल तथा माया को चीनो दिएर धन्यवाद दिनका साथै सम्पूर्ण सहभागि बाल बच्चाहरूलाई पनि उपहार को ब्यबस्था गरिएको थियो ।
कार्यक्रम सकिए लगतै महीला दिदीबहिनी हरूले नेपाली बाजा बजाएर सडकैमा नाचगान गरी रमाईलो गरेका थीए।
स्कटल्याड को मुटु Edinburgh मा कार्यक्रम को अन्त्य गर्दै संयोजक डंगोलले यस कार्यक्रम मा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सहयोगी दाताहरू NRNA स्कटल्याड का अध्यक्ष कांशीराम भण्डारी ,संरक्षक भोला खनाल,स्कट नेपाल क्लबका अध्यक्ष घन के सी, NRNA सदस्य तथा ब्यवसाही टिका खराल लगाएत सहभागि भै सहयोग गरिदीनु हुने सम्पूर्णलाई हृदय देखी नै आभार व्यक्त गरेका छन् ।
Photo Gallery:
What's Your Reaction?