भारतले भन्यो – प्रतिकार गर्ने अधिकार प्रयोग गर्दै पाकिस्तानमा हमला

काठमाडौं । भारतले सीमापार आक्रमणको जवाफ दिने र प्रतिकार गर्ने आफ्नो अधिकार प्रयोग गर्दै पाकिस्तानमाथि हमला गरेको बताएको छ । पत्रकार सम्मलेन गर्दै भारतका विदेश सचिव विक्रम मिश्रीले भारतले पाकिस्तान प्रशासित कश्मीर र पाकिस्तानमा ‘आतङ्कवादी पूर्वाधार’मा आक्रमण गरेको दाबी गरे । मिश्रीले भने, ‘भारतको कारबाही केन्द्रित, मापन गरिएको र गैर-उत्तेजक छ ।’ पहलगाम आक्रमण अत्यन्तै बर्बर […]

May 7, 2025 - 07:48
 0
भारतले भन्यो – प्रतिकार गर्ने अधिकार प्रयोग गर्दै पाकिस्तानमा हमला

काठमाडौं । भारतले सीमापार आक्रमणको जवाफ दिने र प्रतिकार गर्ने आफ्नो अधिकार प्रयोग गर्दै पाकिस्तानमाथि हमला गरेको बताएको छ ।

पत्रकार सम्मलेन गर्दै भारतका विदेश सचिव विक्रम मिश्रीले भारतले पाकिस्तान प्रशासित कश्मीर र पाकिस्तानमा ‘आतङ्कवादी पूर्वाधार’मा आक्रमण गरेको दाबी गरे ।

मिश्रीले भने, ‘भारतको कारबाही केन्द्रित, मापन गरिएको र गैर-उत्तेजक छ ।’

पहलगाम आक्रमण अत्यन्तै बर्बर भएको उनको भनाइ छ ।

उनले थपे, “यो आक्रमणको उद्देश्य जम्मू कश्मीरको सामान्य अवस्थालाई बिगार्नु थियो । यसले प्रतिकूल असर पार्‍यो । यसको उद्देश्य यस केन्द्र शासित प्रदेशको विकासलाई हानि पुर्‍याएर यसलाई पछाडि राख्नु थियो । यसबाहेक देशमा साम्प्रदायिक दङ्गा भड्काउने प्रयास पनि गरियो ।”

मिश्रीले भने, “पहलगाम आक्रमणको अनुसन्धानले आतङ्ककारीहरूको पाकिस्तानसँगको सम्बन्ध उजागर गरेको छ । पाकिस्तानले आतङ्कवादी पूर्वाधारलाई समाप्त गर्न कुनै कदम चालेको छैन ।”

यता, पत्रकार सम्मेलनमा उपस्थित भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले भनिन्, “भारतीय सशस्त्र बलले ६-७ मे २०२५ को राति १:०५ देखि १:३० बजेको बीचमा ‘अपरेसन सिन्दुर’ सञ्चालन गरेको थियो ।”

“यो अपरेशन अप्रिल २२ मा पहलगाममा भएको भयानक आतङ्कवादी हमलाको शिकार भएका निर्दोष नागरिकहरू र उनीहरूका परिवारहरूलाई न्याय प्रदान गर्न सुरु गरिएको थियो । यस अपरेशनमा नौ आतङ्कवादी शिविरहरूलाई लक्षित गरी पूर्णरूपमा ध्वस्त पारिएको थियो,” उनले थपिन् ।

कर्नेल सोफियाले दाबी गरिन् कि पाकिस्तानमा विगत तीन दशकदेखि ‘आतङ्कवादी पूर्वाधार’ निर्माण भइरहेको थियो ।

अर्कोतर्फ, पाकिस्तानले पहलगाम आक्रमणमा आफ्नो भूमिकालाई अस्वीकार गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register