बाग्मती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने

May 31, 2023 - 03:15
 0
बाग्मती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने
बाग्मती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने

काठमाडौँ। आज बागमती प्रदेशसभा बैठक बस्दै छ ।प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम माथि छलफल गर्नका बैठक बोलाइएको हो । बैठक अपराह्न १ बजे बस्नेछ ।

प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि प्रदेश सांसदहरूले धारणा र संशोधन प्रस्तावमाथि छलफल सुरु गर्नेछन् ।

प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि संशोधन हाल्नका लागि मङ्गलवारसम्म समय दिइएको थियो । मङ्गलवारसम्म आएका संशोधन प्रस्ताव माथि पनि आजबाट छलफल सुरु हुन लागेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1