आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक

Jun 16, 2023 - 04:18
 0
आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक
आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक

काठमाडौं । सरकारले आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ ।सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले वर्खायाममा खनेको सडक झनै बिग्रने जनाउँदै आउँदो भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको जनाएको छ ।

वर्खायाममा धारा, ढल, बिजुली, टेलिफोनलगायतको प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक बिग्रिँदै जाने कार्यालयले जनाएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै भदौ मसान्तसम्म सडक खन्ने स्वीकृति नदिइने पनि जनाएको छ । सूचनालाई अटेरी गरी जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन–२०३१ अनुसार कडा कारबाही गरिने कायालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1