शुक्रबार प्रधानमन्त्री प्रचण्डसँग संसदमा प्रश्नोत्तर हुने
काठमाडौँ । शुक्रबार संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमबारे सदनलाई जानकारी गराएका हुन्।
सभामुख घिमिरेले यसका लागि प्रश्न सोध्न १७ वटा समूह विभाजन गरिएको र उक्त समूहमा १५ जना सांसद सदस्य रहने जानकारी दिए । साथै उनले आज अपराह्न ५ बजेसम्म प्रश्न लिखित रूपमा प्रतिनिधि सभाका सचिवसमक्ष पेश गर्न अनुरोध गरे ।
What's Your Reaction?






