Metro FM 94.6 MHz. को कार्यक्रम पाका कुरामा  राष्ट्रिय जेष्ठ नागरिक  कोषका अध्यक्ष बसन्तराज कार्की ।

Nov 25, 2023 - 12:06
Nov 25, 2023 - 22:36
 0
Metro FM 94.6 MHz. को कार्यक्रम पाका कुरामा  राष्ट्रिय जेष्ठ नागरिक  कोषका अध्यक्ष बसन्तराज कार्की ।
: :
playing

मंसिर ९, काठमाडौं ।Metro FM 94.6 MHz. को कार्यक्रम पाका कुरामा  राष्ट्रिय जेष्ठ नागरिक  कोषका अध्यक्ष बसन्तराज कार्की

रहनु भएको थियो । ।

स्रोताहरु, कार्यक्रम पाका कुरा यहाँहरुले हरेक शुक्रबार सांझ ६ः३० बजेदेखि  ७ ः०० बजेसम्म   दक्षिण एसियामै स्थानीय निकायद्धारा संचालित काठमाडौं महानगरपालिकाको  मेट्रो एफ.एम. ९४.६ मेगहर्जमा नियमित सुन्न सक्नु हुनेछ । श्रोता यो कार्यक्रममा हामी जेष्ठ नागरिकहरुको ःशिक्षा, विवाह, परिवार , जागिर , सामाजिक जीवन  लगायत वर्तमान समयमा उँहाहरुको दैनिक जीवन, उहाँहरुले   भोगेका दुःख सुःख बारे पनि श्रोता समक्ष ल्याउने कोशिस गर्ने  छौं । श्रोता यहाँहरुले मेट्रो एफ.एम. ९४.६ मेगाहर्जको  कार्यक्रम  हाम्रो पात्रको एप डाउनलोड गरि इन्टरनेटमा पनि सुन्न सक्नु हुन्छ भने इन्टरनेटमा  www.metronews.kathmandu.gov.np  मा संसारभर  सुन्न सक्नु हुनेछ । 

मेट्रो एफ.एम. ९४.६ मेगाहर्जमा जेष्ठ नागरिक सम्बन्धी कार्यक्रम पाका कुरामा राष्ट्रिय जेष्ठ नागरिक कोषका अध्यक्ष बसन्तराज कार्की   रहनु भएको थियो ।  यस कार्यक्रमको उदेश्य  जेष्ठ नागरिकहरुको  बाल्यकाल, शिक्षा,सरकारी  जागिर सामाजिक कार्य ,विगतको पेशा , वैवाहिक जीवन , उहाँहरुले विभिन्न पेशमा अंगालेको अनुभव,   लगायत वर्तमान समयमा उँहाहरुले भोगेका  सुःख दुःख बारे पनि श्रोता समक्ष ल्याउने र यसको संदेश आजका भावी युवा युवतीबिच पुन्याउने रहेको छ । 
दोलखा जिल्ला स्थायी घर भएका कार्की हाल उहाँ काठमाडौं  महानगरपालिका वडा नं ३२ को पेप्सीकोलामा  बसोवास गर्नु हुन्छ । उहाँ राष्ट्रिय जेष्ठ नागरिक कोषका  अध्यक्ष संगसंगै विभिन्न सामाजिक कार्यमा संलग्न पनि हुनुहुन्छ । 
वि.स. २०७२ सालमा स्थापना भएका यो राष्ट्रिय जेष्ठ नागरिक कोष समाज कल्याण मन्त्रालय अन्तर्गत रहेको छ । यो कोषले आफनो गतिविधि अनुसार काठमाण्डौ महानगरपालिकाको सहयोगमा जेष्ठनागरिक सम्बन्धी गीत पनि सार्वजनिक गरेको छ । यसैगरी कोषले जुन १५ लाई जेष्ठ नागरिक बिरुद्ध हुने दुर्वव्यहार विरुद्ध विश्व चेतना दिवसम पनि मनाएको छ । यसैगरी कोषले एक सय उमेर पुगेका ६१ ज्ना व्यक्तिहरु समेटेर शताब्दी व्यक्तित्व भनेर पुस्तक पनि प्रकाशन गरेको छ । अध्यक्ष कार्कीको भनाई अनुसार सो पुस्तकमा समावेश भएका ६१ जना मध्ये तीनजना दोस्रो विश्व युद्ध लडेका व्यक्ति समावेश छन । त्यसमध्ये एकजना महिला विश्व युद्धका क्रममा नेत्र कुमारी पौडेल नामकी महिला २२ दिनसम्म गुफामा बसेर प्राण बचाएको उदाहरण रहेको छ । 
अध्यक्ष कार्कीको भनाई अनुसार सरकारले जेष्ठ नागरिकहरुको अनुभव र सीपलाई ध्यान गरेर स्थानीय निकायले  नगरपालिका, गाउँ पालिकामा जेष्ठ नागरिकहरुलाई सुविधा दिनुको साथै अडियो ,भिडियो मार्फत उहाँहरुो अनुभवलाई युवा पुस्तामाझ पुन्याउन जरुरी रहेको बताउनु भयो । 
कोषका अध्यक्ष कार्कीले जानकारी दिए अनुसार हाल नेपालमा कुल जनसंख्याको १०.२१ प्रतिशत जेष्ठ नागरिक रहेकामा २०७८ सालका जनगणना अनुसार कुल २९ लाख ७७ हजार तीन सय १८ जना जेष्ठ नागरिक रहेका छन । ती मध्ये पुरुष १४ लाख ४३ हजार नौ सय सात जना र महिला १५ लाख ३३ हजार चार सय ११ जना महिला जेष्ठ नागरिक रहेका छन ।

You tube :https://www.youtube.com/watch?v=sR63KCrz4GY

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register