पाका कुरा कार्यक्रममा बरिष्ठ परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ ।

Dec 1, 2023 - 23:59
Dec 2, 2023 - 00:13
 0
पाका कुरा कार्यक्रममा बरिष्ठ परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ ।
: :
playing

मंसिर १६, काठमाडौं । स्रोताहरु, कार्यक्रम पाका कुरा यहाँहरुले हरेक शुक्रबार सांझ ६ः३० बजेदेखि  ७ ः०० बजेसम्म   दक्षिण एसियामै स्थानीय निकायद्धारा संचालित काठमाडौं महानगरपालिकाको  मेट्रो एफ.एम. ९४.६ मेगहर्जमा नियमित सुन्न सक्नु हुनेछ । श्रोता यो कार्यक्रममा हामी जेष्ठ नागरिकहरुको ःशिक्षा, विवाह, परिवार , जागिर , सामाजिक जीवन  लगायत वर्तमान समयमा उँहाहरुको दैनिक जीवन, उहाँहरुले   भोगेका दुःख सुःख बारे पनि श्रोता समक्ष ल्याउने कोशिस गर्ने  छौं । श्रोता यहाँहरुले मेट्रो एफ.एम. ९४.६ मेगाहर्जको  कार्यक्रम  हाम्रो पात्रको एप डाउनलोड गरि इन्टरनेटमा पनि सुन्न सक्नु हुन्छ भने इन्टरनेटमा www.metronews.kathmandu.gov.np  मा संसारभर  सुन्न सक्नु हुनेछ भने मेट्रो एफ.एमको फेसबुक पेज 94.6 MHz.  मा प्रत्यक्ष रुपमा जोडिन पनि सक्नु हुनेछ ।

मेट्रो एफ.एम. ९४.६ मेगाहर्जमा जेष्ठ नागरिक सम्बन्धी कार्यक्रम पाका कुरामा राष्ट्रिय जेष्ठ नागरिक तथा  बरिष्ठ परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ  रहनु भएको थियो । उहाँ परराष्ट्र विज्ञ संगसंगै राजनैतिक विश्लेषक पनि हुनुहुन्छ । यस कार्यक्रमको उदेश्य  जेष्ठ नागरिकहरुको  बाल्यकाल, शिक्षा,सरकारी  जागिर सामाजिक कार्य ,विगतको पेशा , वैवाहिक जीवन , उहाँहरुले विभिन्न पेशमा अंगालेको अनुभव,   लगायत वर्तमान समयमा उँहाहरुले भोगेका  सुःख दुःख बारे पनि श्रोता समक्ष ल्याउने र यसको संदेश आजका भावी युवा युवतीबिच पुन्याउने रहेको छ । 
हिरण्यलाल श्रेष्ठ बुढानिलकण्ठ नगरपालिकाको वडा नं ८ को भंगालमा  रहेको आफनो निवासमा बसोवास गर्नु हुन्छ  ।वि.स. १९९८ साल अश्विन महिनाको ष्ठठी तिथीमा सात महिनाको बालकको रुपमा हेंटौडा अस्पतालको छ नम्बर बेडमा जन्मनु भएका श्रेष्ठलाई त्यतिखेर प्रसुतिविज्ञ डा. भवानी भक्तले सकुशल प्रशुति गराउनु भएको थियो । श्रेष्ठ डां भवानी धक्तले सात महिनाको कलिलो उमेरमा जन्माएर यस धर्तीमा ल्याएकाले डां भवानी भक्तप्रति विशेष धन्यवाद दिनु हुन्छ । श्रेष्ठले पछि आफु जन्मेको सो अस्पताललाई सहयोग पनि गर्नु भयो । आफु दुइ वर्षको हुँदा आफनाी आमा र पाँच वर्षको हँुदा बावु गुमाउनु भएका श्रेष्ठलाई काठमाडौं झोंसेमा रहनु भएका मावली हजुर बुवाले दश वर्षको उमेरमा काठमाडौं ल्याई शिक्षादीक्षा तथा उच्च शिक्षा अध्ययनको लागि सहयोग गर्नु भएको थियो । उहाँकी आमा आफना हजुर बुवाकी एकली सन्तान हुनुहुन्थयौ ।आफु त्यतिखेर दश वर्षको उमेरमा काठमाडौं आउँदा काठमाढौं अहिले जस्ता घर, गाडी, मोटर साइकल तथा भीढभाड नभएको टँुडिखेल हालको रत्नपार्क देखि दशरथ रंगशालासम्म फैलिएको लामो मैदान रहेको उहाँ बताउनु हुन्छ । टुँडिखेलबाट झौंसे नजिक रहेकाले आफु साथी भाइसंग खेल्न टुँडिखेल आउने गरेको उहाँ झलझली अझै सम्भनु हुन्छ । त्यतिखेर आफुले हेटौडाको भीमफेदीबाट भरियाहरुले काँधमा बोकेर काठमाडौं ल्याएको जिप पनि उहाँले देखेको बताउनु भयो ।त्यतिखेर अहिे जस्तो नेताहरुको अघिपछि सुरक्षको गाडी नभएको राजा त्रिभुवनलाई त उहाँले इन्द्रचौकमा एउटा साधारण हवल्दारसंग पैदल हिडेर नारायणहिटी दरवार आएको र आफुले नमस्कार गर्दा राजाले टाउको हल्लाएको अविस्मरणीय क्षण पनि आफुले देखेको बताउनु भयो । 
गोर्खा राजा पृथीविनारायण शाहले नेपालमा विभिन्न ठाउँमा छरिएर रहेका बाइसे चौविसे राज्यलाई एकीकृत गर्नुको साथै काठमाडौं, ललितपुर रभक्तपुरमा रहेको तीनवटै मल्ल राजाहरुलाई पराजित गरि काठमाडौंलाई आफनो राजधानी बनाउनु भएको थियो । श्रेष्ठ पृथ्वीनारायण शाहले काठमाडौं उपत्याका विजय गरेर काठमाढौंलाई आफनो राजधानी बनाए पन िउहाँ काठमाडौंमा नेवारी संस्कृतिको विजय भएको बताउनु हुन्छ । 

आफुलाई विद्यार्थी ठान्ने ८३ वर्र्षीय हिरण्यलाल श्रेष्ठ विहान करिब ढेड घण्टा दैनिक नेपाली र अंग्रेजी गरि करिव नौवटा दैनिक पत्र—पत्रिका पढनु हुन्छ र त्यसपछि करिब देढ घण्टा समय उहाँ ती पत्र—पत्रिकामा आएका महत्वपुणर् लेख रचना तथा उल्ल्ेखनीय घटनाहरुलाई कटिङ्ग गरेर आफनो निवासमै रहेको पुस्ताकालयको अभिलेखमा सुरक्षित राख्नु हुन्छ ।
अहिले यसते पाको उमेरमा पनि आफनो पुस्तकालयमा अध्ययन पश्यात दैनिक जसो काठमाडौंमा हुने विचार गोष्ठी, अन्र्तक्रिया कार्यक्रम, रेडियो अन्तवार्ता तथा टेलिभिलन टक सो कार्यक्रमको लागि  निरन्तर समय दिनु हुन्छ । उहाँ नेकपा एमालेबाट प्रतिनिधि सभामा सांसद पनि रहि सक्नु भएको छ । 
हालसम्म करिब चौतिसवटा पुस्तक लेखि सक्नु भएका श्रेष्ठका असख्य लेख रचना दैनिक पत्र—पत्रिका तथा जर्नलहरुमा प्रकाशित छन ।सन २००५ मा आफु नेपालका लागि रसियाको राजदुत भएर रसिया जाँदा विश्वका शक्तिशाली राष्ट्रपति र हालका पनि राष्ट्रपति भ्यादिमिर पुटिन समक्ष आफुले बुझाएको आृहदाको प्रमाण पत्रको क्षणलाई आफु आपनो जीवनको एक अभिछिन्न स्मरण रहेको बताउनु हुन्छ । आफुले त्यतिखेर रसियामा राजदुत हुँुदा बौद्ध दर्शन प्रति रसियनहरुको विशेष रुचि रहेको र राष्ट्रपति पुटिनकी श्रीमतीको  पनि बुद्ध धर्म र बुद्ध दर्शन प्रति विशेष रुचि रहेको बताउनु भयो ।बुद्ध धर्ममा युद्ध , हिंसा ,क्रोध आदि नभएकाले रुसिहरु बुद्ध धर्म र बुद्ध दर्शन प्रति विशेष आकर्षित रहेको श्रेष्ठ स्मरण गर्नु हुन्छ । नेपालको परराष्ट्र नीतिसंगसंगै राजनीतिक क्षेत्रमा पनि प्रगाढ ज्ञान भएका हिरण्यलाल श्रेष्ठसंग भावी युवा पुस्ताले धेरै ज्ञान लिन सक्छन । श्रेष्ठ नेपालको परराष्ट्र तथा राजनीतकि क्षेत्रका एक जिंउदा पुस्तकालय हुन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register