प्रधानमन्त्री देउवा छिट्टै भारत भ्रमणमा जाँदै

भाइब्रन्ट गुजरात समिटमा सहभागी हुन नेपालका प्रधानमन्त्री देउवा आगामी महिना भारत भ्रमणमा जाने भएका छन्

प्रधानमन्त्री देउवा छिट्टै भारत भ्रमणमा जाँदै

१० औं भाइब्रन्ट गुजरात समिटमा सहभागी हुन नेपालका प्रधानमन्त्री देउवा आगामी महिना भारत भ्रमणमा जाने भएका छन्

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा आगामी महिना भाइब्रन्ट गुजरात ग्लोबल समिटमा सहभागी हुन भारत जाने र प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्न सक्ने बताइएको छ ।

स्थानीय सञ्चारमाध्यमले काठमाडौं र नयाँ दिल्लीका कूटनीतिक स्रोतलाई उद्धृत गर्दै प्रधानमन्त्री भाइब्रन्ट गुजरात ग्लोबल समिटमा भाग लिन जनवरी १० मा भारत प्रस्थान गर्ने जानकारी दिएका छन् ।