कुनै समयमा तालिबानले जस्तै चीनले पनि सार्वजनिक स्थलमा झुन्ड्याउने गर्दथ्यो

कुनै समयमा तालिबानले जस्तै चीनले पनि सार्वजनिक स्थलमा झुन्ड्याउने गर्दथ्यो | डेमोक्राटिक देशहरु जस्तो नियम ,कानुन र मानवअधिकार Dictatorial देशहरुमा पाउन गाह्रो छ | कसले आवाज उठाउने ?

Oct 13, 2021 - 02:39
Oct 19, 2021 - 18:45
 0
कुनै समयमा तालिबानले जस्तै चीनले पनि सार्वजनिक स्थलमा झुन्ड्याउने गर्दथ्यो

तालिबानले जस्तै एक समय चीनले पनि सार्वजनिक स्थलमा झुण्ड्याएको थियो 

बेइजिङ- तालिबानले चार जनालाई अपहरण गरी हत्या गर्दै एक सार्वजनिक ठाउँमा झुण्ड्याएको छ। उनीहरुको शव अफगानिस्तानको हेरात सहरको सार्वजनिक चोकमा झुण्ड्याएको हो। 

तालिबान सत्ताले मृत्युदण्ड र शरीरको अंग काट्‍ने कानुन लागु गर्ने चेतावनी दिएको एक दिनपछि अफगानिस्तानको हेरात सहरमा उक्त दृश्य देखिएको हो। 

उनीहरुलाई अपहरणमा संलग्‍न भएको आरोप लगाइएको छ। एक व्यापारी र उनका छोरालाई कथित रूपमा कब्जा गरेपछि बन्दुकको लडाईमा ती मानिसहरु मारिएको एक स्थानीय अधिकारीले बताएका छन्। 

स्थानीय बासिन्दाका अनुसार सहरको केन्द्रमा एउटा क्रेनबाट झुण्डिएको थियो। यस्तो दृश्यले अन्तर्राष्ट्रिय संघसंस्था तथा मानवअधिकारवादी संगठनहरुले चर्को आलोचना र विरोध गरेका छन्। 

यस्तै किसिमको दृश्य पहिले चीनमा पनि देखिएको थियो। चीनले पहिले नै यसरी एक सेन्सर कार्यालयका प्रमुखलाई सार्वजनिक स्थलमा झुण्ड्याइएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register