चीनमा नागरिक अशान्तिः सिचुवान र झेजियाङमा आप्रवासी कामदारहरुद्वारा बृहत विरोध प्रदर्शन
हेनिन नगरपालिका सरकारी भवनको अगाडि भेला भएका प्रदर्शनकारीहरुले अधिकारीहरुसंग उचित स्पष्टीकरणको माग गरेका थिए। प्रदर्शनलाई रोक्नका लागि चिनियाँ प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो।

बेइजिङ। पछिल्लो समय चीनमा नागरिक तहमा अशान्ति फैलिएको छ। सिचुवान र झेजियाङ प्रान्तमा हजारौं आप्रवासी कामदारहरुले एक मजदूरको मृत्यु भएको भन्दै सरकारविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन्।
विश्वसनीय स्रोतका अनुसार, एक चिनियाँ ट्विटर अकाउन्टमा झेजियाङमा प्रान्तको हेनिन शहर र सिचुवान प्रान्तको फुशुन काउन्टीमा आप्रवासी कामदारहरुको विरोध भइरहेको भिडियो पोष्ट गरिएको थियो।
वाङ वी नाम गरेको एक आप्रवासी कामदारको मृत्युको न्यायको माग गर्दै विरोध प्रदर्शन भएको हो। स्रोतका अनुसार हेनिन सहरमा रहेको कारखानामा वाङ वीले आफ्नो १८ हजार युआन ज्याला माग गरेपछि उनको हत्या गरिएको बताइएको छ। कामदारले आफ्नो ज्याला माग गरेपछि उनको शरीरमा आगो लगाइएको बताइएको छ। उनको शरीरको ९५ प्रतिशत भाग जलेको पाइएको छ।
यसैबीच, चिनियाँ सामाजिक मिडिया प्लेटफर्म र ट्विटरमा उनको लागि न्याय माग गर्दै सरकारको चर्को आलोचना गरिरहेका छन्।
हेनिन नगरपालिका सरकारी भवनको अगाडि भेला भएका प्रदर्शनकारीहरुले अधिकारीहरुसंग उचित स्पष्टीकरणको माग गरेका थिए। प्रदर्शनलाई रोक्नका लागि चिनियाँ प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो।
आप्रवासी कामदारहरु मात्र सहरहरुमा अस्थायी जागिर लिनसक्ने र उनीहरु कानुनी उपचारको बाटो खोज्ने बताइएको छ। चीनले आप्रवासन नियन्त्रण गर्न कुख्यात हुकुउ प्रणाली लागु गरेको छ। जसअन्र्तगत उनीहरुलाई खाना र बस्न दिइने भए पनि दैनिक ज्याला भने दिइएको छैन।
What's Your Reaction?






