एनसेल फाउन्डेशनद्वारा कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

काठमाडौँ । एनसेल फाउन्डेशनले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत सोमबार कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविरमा ४०० भन्दा बढी स्थानियहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवा लिएका थिए । नेपाल हृदयरोग निवारण प्रतिष्ठान र कपिलवस्तु वडा नं.९ निग्लिहवा स्वास्थ्य चौकीको सहकार्यमा आयोजना गरिएको शिविरमा मानिसहरुले मुटु रोग तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट […]

Oct 2, 2024 - 07:53
 0
एनसेल फाउन्डेशनद्वारा कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

काठमाडौँ । एनसेल फाउन्डेशनले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत सोमबार कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविरमा ४०० भन्दा बढी स्थानियहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवा लिएका थिए ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान र कपिलवस्तु वडा नं.९ निग्लिहवा स्वास्थ्य चौकीको सहकार्यमा आयोजना गरिएको शिविरमा मानिसहरुले मुटु रोग तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट विशेषज्ञसँग परामर्श लगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए । बिहान १० बजेबाट सुरु भएको शिविरमा आएका मानिसहरुले परामर्श अनुसारको आवश्यक निःशुल्क औषधीहरु पनि पाएका थिए ।

यस्ता स्वास्थ्य शिविरले स्वास्थ्य सम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरुका साथ समस्यासँग जुध्न मद्दत गर्दछ । एनसेल फाउन्डेशनले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा संचालन गरेको यो तेस्रो निःशुल्क स्वास्थ्य शिविर हो । यस अघि कपिलवस्तुको मायादेवी गाउँपालिका र वाणगंगा नगरपालीमा यस किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । यसका साथै एनसेल फाउन्डेशनले कपिलवस्तुका अन्य २ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register