२४ वर्षपछि मानव बेचबिखनका आरोपी पक्राउ
सुर्खेत । विवाहको प्रभोलन देखाएर एक महिलालाई भारत लगेर बेचबिखन गरेको आरोपमा एक व्यक्ति २४ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता वीरेन्द्रवीर विश्वकर्माकाअनुसार पक्राउ पर्नेमा सुर्खेत चौकुने गाउँपालिका–७ का ६१ वर्षीया भक्तबहादुर विष्ट छन् । विसं २०५७ असोज १ गते विवाहको प्रलोभन दिई भारतको गोरखपुरमा लगेर बेचबिखन गरेको आरोप लागेका उनलाई […]
सुर्खेत । विवाहको प्रभोलन देखाएर एक महिलालाई भारत लगेर बेचबिखन गरेको आरोपमा एक व्यक्ति २४ वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता वीरेन्द्रवीर विश्वकर्माकाअनुसार पक्राउ पर्नेमा सुर्खेत चौकुने गाउँपालिका–७ का ६१ वर्षीया भक्तबहादुर विष्ट छन् ।
विसं २०५७ असोज १ गते विवाहको प्रलोभन दिई भारतको गोरखपुरमा लगेर बेचबिखन गरेको आरोप लागेका उनलाई बुधबार चौकुने गाउँपालिका–६ बाट जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाइ प्रहरी कार्यालय गुटुको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेको विष्टमाथि थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
What's Your Reaction?