नेपाल-कतार संयुक्त व्यापार परिषद् गठन बारे छलफल

काठमाडौं । नेपाल-कतार संयुक्त व्यापार परिषद् गठन गर्ने बारे दुई देशका निजी क्षेत्रको नेतृत्वबीच छलफल भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफ विन जसिम अल थानीबीच उक्त परिषद् गठन गर्ने लगायतका विषयमा छलफल भएको हो । कतार भ्रमणमा रहेका महासंघका अध्यक्ष ढकालले यस बारे एक ट्वीट […]

Oct 2, 2024 - 17:53
 0
नेपाल-कतार संयुक्त व्यापार परिषद् गठन बारे छलफल

काठमाडौं । नेपाल-कतार संयुक्त व्यापार परिषद् गठन गर्ने बारे दुई देशका निजी क्षेत्रको नेतृत्वबीच छलफल भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफ विन जसिम अल थानीबीच उक्त परिषद् गठन गर्ने लगायतका विषयमा छलफल भएको हो ।

कतार भ्रमणमा रहेका महासंघका अध्यक्ष ढकालले यस बारे एक ट्वीट सन्देश मार्फत् बुधबार साँझ जानकारी दिएका छन् । उनले कतार चेम्बरका अध्यक्ष अल थानीलाई न्यानो आतिथ्यको लागि धन्यवाद दिंदै

‘हामीले नेपाल कतार संयुक्त व्यापार परिषद् गठन गर्ने र हाम्रा दुई ठूला राष्ट्रहरूबीच व्यापार र लगानी प्रवर्द्धन गर्ने विषयमा फलदायी र ठोस छलफल गरेका छौं,’ अध्यक्ष ढकालले ट्वीट सन्देशमा लेखेका छन् ।

यसअघि वैशाखमा कतारका अमिर शेख तममिन बिन हमाद अल थानीको नेपाल भ्रमणको क्रममा निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सो समझदारीपत्रमा नेपालका तर्फबाट महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका तर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register