भद्रपुर–८ हस्पिटल मोडमा कलात्क बस बिसौनी उद्घाटन

भद्रपुर, २३ असोज । झापाको भद्रपुर-८ स्थित मेची राजमार्गमा पर्ने मेची प्रादेशिक अस्पताल चौंकमा निर्मित कलात्मक बस बिसौनी प्रतिक्षालयको उद्घाटन गरिएको छ । करिव ९ लाख लगानीमा निर्माण सम्पन्न भएको बहुकलात्मक यात्रु प्रतिक्षालयको भद्रपुर नगर प्रमुख गणेश पोखरेलले उद्घाटन गरेका हुन् । मेची अस्पताल आवतजावत गर्ने यात्रुलाई लक्षित गरेर वि सं २०४१ सालमा तत्कालीन भद्रपुर [...] The post भद्रपुर–८ हस्पिटल मोडमा कलात्क बस बिसौनी उद्घाटन appeared first on Jhapa Online.

Oct 9, 2024 - 08:22
 0
भद्रपुर–८ हस्पिटल मोडमा कलात्क बस बिसौनी उद्घाटन

भद्रपुर, २३ असोज । झापाको भद्रपुर-८ स्थित मेची राजमार्गमा पर्ने मेची प्रादेशिक अस्पताल चौंकमा निर्मित कलात्मक बस बिसौनी प्रतिक्षालयको उद्घाटन गरिएको छ ।

करिव ९ लाख लगानीमा निर्माण सम्पन्न भएको बहुकलात्मक यात्रु प्रतिक्षालयको भद्रपुर नगर प्रमुख गणेश पोखरेलले उद्घाटन गरेका हुन् । मेची अस्पताल आवतजावत गर्ने यात्रुलाई लक्षित गरेर वि सं २०४१ सालमा तत्कालीन भद्रपुर जेसीजका अध्यक्ष गोविन्दचन्द छेत्रीको नेतृत्वमा निर्माण गरिएको प्रतिक्षालय जिर्ण रूपमा रहिरहेकै अवस्थामा मेची राजमार्गको स्तर उन्नति भएपछि भत्काइएको थियो ।

प्रतिक्षालय भत्किएपछि भद्रपुर ८ नम्वर वडा कार्यालयको समन्वयमा नगरपालिकाले गत वर्ष ८ लाख रकम विनियोजन गरेपछि कलाकार सञ्जय प्रधानको नेतृत्वमा बहुकलात्मक चौतारो निर्माण थालिएको थियो । भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न लउद्घाटन कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, भद्रपुर २ का वडाध्यक्ष रामबहादुर कँडेल, प्रतिक्षालय निर्माणका पूर्व संयोजक गोविन्दचन्द छेत्री लगायतको उपस्तिि रहेको थियो ।

The post भद्रपुर–८ हस्पिटल मोडमा कलात्क बस बिसौनी उद्घाटन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register