एनआरएनए यूके इङ्ल्याण्ड राज्य समन्वय परिषद पनि बाढी पीडितको सहयोगमा

लन्डन । एनआरएनए यूके इङ्ल्याण्ड राज्य समन्वय परिषद यूकेले नेपालका बाढी पीडितको सहयोगार्थ चन्दा संकलन शुरु गरेको छ । नेपाल र नेपालीको दुःखको घाउमा मल्हम लगाउन परिषदले आर्थिक संकलन अभियान थालनी गरेको संयोजक लालबहादुर (एलबीजेड) गुरुङले जनाए । अविरल वर्षासंगै आएको बाढी पहिरोले ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै परिषदले पीडितलाई आर्थिक सहयोग गर्न सबैमा […]

Oct 3, 2024 - 21:59
 0
एनआरएनए यूके इङ्ल्याण्ड राज्य समन्वय परिषद पनि बाढी पीडितको सहयोगमा

लन्डन । एनआरएनए यूके इङ्ल्याण्ड राज्य समन्वय परिषद यूकेले नेपालका बाढी पीडितको सहयोगार्थ चन्दा संकलन शुरु गरेको छ ।

नेपाल र नेपालीको दुःखको घाउमा मल्हम लगाउन परिषदले आर्थिक संकलन अभियान थालनी गरेको संयोजक लालबहादुर (एलबीजेड) गुरुङले जनाए ।

अविरल वर्षासंगै आएको बाढी पहिरोले ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै परिषदले पीडितलाई आर्थिक सहयोग गर्न सबैमा अपिल गरेको छ ।

अभियान संयोजक एलबीजेड र उपसंयोजक अन्जु कुंवरले एक संयुक्त अपिल गर्दै सहयोग अपिल गरेका छन्।

‘देश बाढी पहिरोको वितन्डाले शोकमा छ । बेमौसमी अविरल वर्षासँगै आएको बाढी–पहिरोले धेरै जनाको ज्यान लियो । अझै थुप्रै बेपत्ता छन् र परिवार भावविह्वल छन्’, परिषदले देशको कारुणिक चित्र प्रस्तुत गर्दै अपिलमा अगाडि भनेको छ, ‘कतिले बा–आमा गुमाए, कतिले सन्तान त कतिले जीवनसाथी र आफन्त गुमाए । देश मानौं बाढी–पहिरोमा होइन, आँसुमा डुबेको छ । अर्बौंको क्षति भएको छ भने धेरै घरबारविहीन भएका छन् । हेर्दाहेर्दै गाउँबस्ती बगर बनेको छ । देश दुखेका बेला, हाम्रा गाउँवस्ती छियाछिया बनेका बेला हाम्रो मन पनि छिया छिया बनाएको छ । आउनुहोस् यस विपदमा सहयोगी बनौं ।’

संकलित रकम नेपाल सरकारको समन्वयमा पीडितलाई हस्तान्तरण गरिने संयोजक गुरुङले बताए ।

पछिल्लो विपद्बाट मुलुकभर दुई सय ४२ जनाको मृत्यु भएको छ । बाढी, पहिरोमा परी २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन् ।

हालसम्म विपद्बाट कोशी प्रदेशमा २३, मधेसमा आठ, उपत्यकामा एक सय एक, वाग्मतीमा एक सय आठ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

बाढी पहिरोबाट मुलुकभर एक हजार सात सय ६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ । विपद्का घटनामा फसेका १३ हजार एक सय २९ जनाको उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सहयोगका लागिः

खाता नम्बर:

Account Holder’s Name: NRNA SCC-England
A/C Number: 29920833
Sort Code : 50-00-00

थप जानकारीका लागि सम्पर्क नम्बर:
लालबहादुर गुरूङ- 07988 320082
अन्जु कुँवर – 07402262025

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register