कांग्रेस नेताहरुसँग लन्डनमा अन्तरक्रिया

लन्डन – नेपाली जनसम्पर्क समिति युकेले बेलायतको भ्रमणमा रहेका नेपाली कांग्रेसकी सह-महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ तथा कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलको सम्मानमा स्वागत समारोह आयोजना गरेको छ। मंगलबार बेलुका फेल्थमस्थित नमस्ते गोर्खा रेस्टुरेन्टमा आयोजित कार्यक्रममा बोल्दै  कांग्रेस सह-महामंत्री  महालक्ष्मी उपाध्याय ‘डिना’ ले  अहिलेको संविधानमा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्ने स्थिति […]

Oct 3, 2024 - 22:31
 0
कांग्रेस नेताहरुसँग लन्डनमा अन्तरक्रिया


लन्डन – नेपाली जनसम्पर्क समिति युकेले बेलायतको भ्रमणमा रहेका नेपाली कांग्रेसकी सह-महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ तथा कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलको सम्मानमा स्वागत समारोह आयोजना गरेको छ।

मंगलबार बेलुका फेल्थमस्थित नमस्ते गोर्खा रेस्टुरेन्टमा आयोजित कार्यक्रममा बोल्दै  कांग्रेस सह-महामंत्री  महालक्ष्मी उपाध्याय ‘डिना’ ले  अहिलेको संविधानमा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्ने स्थिति आएकाले संविधान संशोधन गर्ने बारे छलफल शुरु भएको बताइन्।  “एकल पार्टीको सरकार कसरी बनाउने ? समावेशी प्रणालीलाई कसरी बलियो बनाउने भनेर संविधान संशोधनको कुरा उठाइएको बताइन्।  ‘कदमजम’ लागू गरेर कांग्रेसले पहिलो पटक समानुपातिक समावेशी अवधा रणा ल्याएको पनि उनले जना इन्। नेपालमा कोही पनि ‘रियल कम्युनिष्ट’ नभएको बताउंदै नेतृ  उपाध्यायले कांग्रेसको नेतृत्वमा २०७२ सालमा नयाँ संविधान जारी गरिए पछि सबै कम्युनिष्ट पार्टीहरु संविधानले निर्दिष्ट गरेको मार्गमा सहभागी भै सकेको बताइन् ।


नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले कांग्रेसको बल भनेकै भ्रात्री संस्था तथा शुभेछु संस्थाहरु भएकाले सबै संस्थाहरुलाई एकजुट र अनुशासित भएर काम गर्न सुझाव दिए। उनले केन्द्रका कारण जनसम्पर्क समितिहरुमा विवाद उब्जिएको होइन भन्दै सबै साथीहरु बसेर विवाद सुल्झाउन आउनाले आग्रह गरे।  उनले नेपाली कांग्रेस पार्टी विधान भन्दा बाहिर नजाने बताउंदै नेपाली नागरिक बाहेक अन्य व्यक्ति कांग्रेसको क्रियाशील सदस्य बन्न नपाउने स्पष्ट पारे। 

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मंत्री तथा कांग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिनले संवाद, सहमति, सहकार्यको माध्यमबाट एकतामा जानु पर्ने बताए।  उनले ३० वर्ष भन्दा बढी समयदेखि भूतपूर्व गोर्खा सैनिकहरुले उठाउंदै आएको समान पेन्सनको  मुद्दालाई नेपाल सरकार आफै अग्रसर भएर समाधान गर्नु पर्ने बताए।  त्यस्तै ब्रिटिश गोर्खा नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष केश बहादुर गुरुङले गोर्खा समस्या कूटनीतिक ढंगले समाधान गर्नु पर्नेमा जोड दिए।  उनले एक ज्ञापनपत्र बुझाउँदै  गोर्खा भर्ती र वंशजको नेपाली नागरिकता पनि निरन्तर हुनु पर्ने माग गरे। 

एनआरएनए आइसीसीका पूर्व सल्लाहकार विश्व आदर्श पण्डितले नेपालमा हालै आएको बाढी पहिरो पीडितहरु लाई सक्दो सहयोग गर्न हार्दिक अपिल गरे। उनले जनसम्पर्क समितिहरुमा अहिले देखिएको विवाद संवादको माध्यमबाट विधानको परिधि भित्र रही समाधान गर्न पनि आग्रह गरे। 

हामीलाई राजनीतिक अधिकार दिनोस्’

एनआरएनए युकेका पूर्व मुख्य सल्लाहकार शेर सुनारले वंशजको आधारमा प्राप्त नागरिकता खोस्ने अधिकार कसैलाई छैन भन्दै राजनीतिक अधिकार विनाको एनआरएन नागरिकताको कुनै उपयोगिता नहुने बताए। “हामीलाई राजनीतिक अधिकार दिनोस् र हाम्रो पासपोर्टमा ‘एनपी’ थपि दिनोस्,” उनले भने।

एनआरएनए युकेका पूर्व महासचिव तथा कांग्रेस नेता आर के त्रिपाठीले जनसम्पर्क समिति युकेले कांग्रेसको तर्फबाट सोसलिस्ट इन्टरन्याशनलको सदस्यता शुल्क तिर्ने देखि भूकम्प र कोभिडका बेला पनि उल्लेख्य सहयोग गरेको स्मरण गरे। उनले बेङ्गलोर जस्तै काठमाडौँलाई पनि ‘टेक हब’ बनाउन पहल गर्नु पर्ने बताए। उनले रुस-युक्रेन तथा इजरायल – प्यालेस्टाइन द्वन्द्वमा नेपाल तटस्थ रहनु पर्ने  सुझाव  पनि दिए। 

समाजवादी जनता पार्टीका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख अर्जुन थापाले जनता समाजवादी पार्टी एक लोकतान्त्रिक पार्टी भएकाले नेपाली कांग्रेससंग सहकार्य गरिरहेको बताए।  उनले दलहरुभित्रको आन्तरिक लोकतन्त्र महत्वपूर्ण हुने भन्दै देश सामु रहेका समस्याहरु समाधान गर्न सबै लोकतान्त्रिक शक्तिहरु एकै ठाउँमा उभिन सुझाव पनि दिए। 

जनसम्पर्क समिति युकेका पूर्व अध्यक्ष बिनोद मोक्तानले नेपाली कांग्रेस तथा जनसम्पर्क समितिमा चुनाव गराउनु पर्ने र लोकप्रिय व्यक्ति जो जितेर आए पनि त्यसलाई मान्नु पर्ने बताए। उनले विसं २०८४ को चुनावमा  एक ढीक्का भएर अगाडी बढ्यो भने मात्रै नेपाली कांग्रेसले जित्न सक्ने बताए।

कार्यक्रमको संयोजन गरेका जनसम्पर्क समिति युकेका कार्यवाहक सभापति रितेश राज पाण्डेले कांग्रेस नेताहरुलाई स्वागत गर्दै केन्द्रले तोकेको अवधि भित्रै जनसम्पर्क समिति युकेको अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्न आफुहरु क्रियाशील रहेको बताए।  उनले सबै साथीहरुलाई आफ्ना विवादबारे संस्था भित्रै बसेर छलफल गरी निकास निकाल्न आग्रह पनि गरे।  उनले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए।

कार्यक्रममा बिनोद योञ्जनले सबैलाई स्वागत गरे भने नेपाल सांस्कृतिक महासंघ गण्डकी प्रदेशका संयोजक चोलेन्द्र पौडेल, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सूर्य नेम्वांग, तस्बिर लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए।  

कार्यक्रमको शुरुमा नेपालबाट आएका नेताहरु, जनसम्पर्क समिति क्यानाडाका उपाध्यक्ष डा जितु उपाध्याय तिमिल्सिना, उप राष्ट्रपतिका सल्लाहकार बिनोद पौडेल लगायतका पाहुनाहरुलाई खादा लगाएर स्वागत गरिएको थियो। 

कार्यक्रमको संचालन नेपाली जनसम्पर्क समिति युकेका महासचिव इन्द्रहाङ लिङ्गदेनले गरेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register