कामको प्रेसरले बैंकरमा बढ्दैछ हृदयघातको जोखिम, फेरी अर्का बैंकर अस्ताए 

काठमाडौँ । महालक्ष्मी विकास बैंकका कर्मचारीको निधन भएको छ । महालक्ष्मी बैंकका कार्यरत ३२ वर्षीय महेश अधिकारीको असोज १६ गते (बुधबार) निधन भएको हो ।  उनको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । स्रोतका अनुसार अधिकारी बुधबार दिउँसो बैंकमै थिए । बैंकमै हुँदा उनको स्वास्थ्यमा सामान्य समस्यासमेत आएको थियो । ‘अफिसमै हुँदा […]

Oct 4, 2024 - 03:25
 0
कामको प्रेसरले बैंकरमा बढ्दैछ हृदयघातको जोखिम, फेरी अर्का बैंकर अस्ताए 

काठमाडौँ । महालक्ष्मी विकास बैंकका कर्मचारीको निधन भएको छ । महालक्ष्मी बैंकका कार्यरत ३२ वर्षीय महेश अधिकारीको असोज १६ गते (बुधबार) निधन भएको हो । 

उनको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । स्रोतका अनुसार अधिकारी बुधबार दिउँसो बैंकमै थिए । बैंकमै हुँदा उनको स्वास्थ्यमा सामान्य समस्यासमेत आएको थियो । ‘अफिसमै हुँदा उहाँले पेट दुख्यो, अप्ठ्यारो भयो भन्नुभएको थियो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै स्रोतले भन्यो, ‘तर, त्यसबेला उहाँ अस्पताल जानु भएन । काम धेरै छ, सकेर जाउँला भन्नुभयो ।’ 

अफिस टाइम सकेर घर पुगेका अधिकारीलाई झनै गाह्रो भएपछि घर नजिकैको अस्पताल लगिएको थियो । तर, अस्पतालमै उनको निधन भएको स्रोतको भनाई छ । 

यसो त पछिल्लो समय हृदयघातका कारण मृत्यु हुने बैंकरको संख्या बढ्दो छ । यसअघि सिटिजन्स बैंकका डेपुटी सीईओ पारश काफ्ले पनि हृदयघातका कारण निधन भएको थियो । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स अफ नेपाल (बिफिन)को कार्यक्रमका लागि म्यानेजमेन्ट टिमसहित श्रीलंका गएका काफ्लेको जेठ २० गते (आइतबार) हृदयघातका कारण श्रीलंकामै निधन भएको थियो । 

अर्कोतर्फ केही महिनाअघि एनएमबि बैंकको तिनकुनेस्थित शाखामा काम गर्ने एक कर्मचारीको पनि हृदयघातकै कारण निधन भएको थियो । अफिसमा काम गर्दागर्दै हृदयघात भएपछि अस्पताल लैजाँदै गर्दा उनको निधन भएको थियो । 

यता नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी पनि काम गर्दागर्दै हृदयघातका कारण ढलेका थिए । बैंकमा कामको प्रेसर र हाकिमले बढी टर्चर दिएपछि हृदयघात हुँदा ढलेको बताउने ती कर्मचारी दोलखाका हुन् । हृदयघातपछि उपचारका लागि काठमाडौँ ल्याइएका ती कर्मचारी उपचारपछि पुनः काममा फर्किएका छन् भने उनलाई टर्चर दिने हाकिमले बैंक नै छोडेका छन् । 

हृदयघातका कारण बैंकरको निधन भएको यी प्रतिनिधि घटना हुन् । कामको अत्याधिक प्रेसर, आरामको कमी, दैनिक कसरत गर्ने समयको अभाव र अस्वस्थ खानेकुराका कारण बैंकरमा हृदयघातको जोखिम उच्च रहेको चिकित्सकहरुलेसमेत दाबी गर्दै आएका छन् । बैंकमा मुटुरोगीहरु बढेपछि चिकित्सकहरुले बैंकरलाई नियमित स्वास्थ्य जाँच गर्न र कामसँगै स्वास्थ्य र खानपानमा पनि ध्यान दिन सुझाव दिएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register