इजरायल–इरान युद्ध : तेलको मूल्य आकाशियो, गम्भीर अवस्था आउन सक्ने चेतावनी

काठमाडौं । पछिल्लो साता विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । मध्यपूर्वमा देखिएको भूराजनीतिक तनाव अर्थात् इरानले इजरायल माथि मिसाइल आक्रमण गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । इजरायलले इरानको तेल उद्योगमा आक्रममण गर्न सक्ने सम्भावनका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले छलफल गरिहेको बताएसँगै तेलको मूल्यमा ५ प्रतिशतले […]

Oct 4, 2024 - 02:37
 0
इजरायल–इरान युद्ध : तेलको मूल्य आकाशियो, गम्भीर अवस्था आउन सक्ने चेतावनी

काठमाडौं । पछिल्लो साता विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । मध्यपूर्वमा देखिएको भूराजनीतिक तनाव अर्थात् इरानले इजरायल माथि मिसाइल आक्रमण गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

इजरायलले इरानको तेल उद्योगमा आक्रममण गर्न सक्ने सम्भावनका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले छलफल गरिहेको बताएसँगै तेलको मूल्यमा ५ प्रतिशतले बृद्धि भएको बिबिसीले जनाएको छ । के इजरायललाई इरानका तेल कारखानामा आक्रमण गर्न अमेरिकाले समर्थन गर्छ भन्ने प्रश्नको जवाफमा राष्ट्रपति बाइडेनले भनेका छन् – हामी यसबारे छलफल गर्नेछौँ ।

इरान विश्वको सातौं ठूलो तेल उत्पादक राष्ट्र हो । उसले आफ्नो उत्पादनको लगभग आधा हिस्सा विदेश निर्यात गर्दै आएको छ । उसको मुख्य बजार चीन हो । सोमबार इरानले इजराइलमा आक्रमण गरेपछि ब्रन्ट कच्चा तेलेको मूल्य १० प्रतिशतले बृद्धि भएर प्रति ब्यारेल ७७ अमेरिकी डलर पुगेको छ । यद्यपी यो मूल्य यस वर्षको सबैभन्दा तलको मूल्य हो ।

सन् २०२२ मा रुस–युक्रेन युद्धमा तेलको मूल्यमा कम प्रभाव परेको थियो । तर मध्यपूर्वमा युद्ध विस्तार र अन्य बजारका कारणले बजार प्रभावित भएको छ । विशेष अन्तर्राष्ट्रिय चासो के छ भने स्ट्रेट अफ होर्मुजलाई अवरुद्ध गर्न सक्छ कि सक्दैन भन्ने हो । जहाँबाट एक तिहाइ तेल ट्याङ्कर वारपार हुने र एलएनजीका ग्यास आयात निर्यात हुने गर्दछ ।

रुस–युक्रेन युद्ध सुरु भएपछि विश्वमा अधिकतम एलएनजी ट्याङ्करमा प्रशोधित ग्यासमा निर्भर हुँदै आएको छ । बैंक अफ इङ्गल्याण्डका गभर्नर एन्ड्र्यू बेलीले बिहीबार ‘धेरै गम्भीर’ सम्भावित प्रभावको चेतावनी दिएका छन् । उनले विकसित घटनाक्रमलाई ‘अत्यन्त ध्यानपूर्वक’ हेरेको बताएका छन् ।

विश्वका केन्द्रीय बैंकका प्रमुखहरूले महामारी र युक्रेन युद्धबाट तीन वर्षको महँगाईको झट्का विरुद्ध चुपचाप सहेका थिए । तर, अहिलेको अवस्था त्यति सहज छैन । यस विषयमा युद्धरत मुलुकका प्रमुखसँग विश्वका केन्द्रिय बैंकका प्रमुख कार्यकारीले छलफल गर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ । यसले गम्भीर अवस्था सिर्जना गर्न सक्ने चेतावनी दिइएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register