हेटौँडा–काठमाडौं र हेटौँडा-नौबिसे सडकमा गुड्न थाले गाडी

मकवानपुर । त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौंखण्डमा शुक्रबार (आज) बिहानदेखि यातायातका साधन सञ्चालन गरिएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा भारी वर्षा हुन सक्ने सूचना जारी भएपछि आज बिहानसम्म यी सडकमा सबै सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता ठाकुरप्रसाद सापकोटाका अनुसार, सडकमा कुनै किसिमको अवरोध नरहेकाले शुक्रबार […]

Oct 4, 2024 - 06:41
 0
हेटौँडा–काठमाडौं र हेटौँडा-नौबिसे सडकमा गुड्न थाले गाडी

मकवानपुर । त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौंखण्डमा शुक्रबार (आज) बिहानदेखि यातायातका साधन सञ्चालन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागद्वारा भारी वर्षा हुन सक्ने सूचना जारी भएपछि आज बिहानसम्म यी सडकमा सबै सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता ठाकुरप्रसाद सापकोटाका अनुसार, सडकमा कुनै किसिमको अवरोध नरहेकाले शुक्रबार बिहानदेखि यातायातका साधन पुनः सञ्चालन गरिएको हो । हेटौँडा–पालुङ–नौबिसे सडकखण्डमा हलुका सवारी सञ्चालन गरिएको छ ।

बाढीपहिरोका कारण अवरुद्ध सबै सडक सञ्चालन गर्न सडक विभाग, सुरक्षाकर्मी र वाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्राविधिक टोलीले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए ।

हेटौँडा–काठमाडौँ जोड्ने सडकअन्तर्गत हेटौँडा–भैँसे–रातोमाटेखण्डको गोल्पिङबेँसीमा ठूल्ठूला ढुंगासहित खसेको पहिरो पन्छाउन चार मेसिन प्रयोग गरेर काम भइरहेको छ ।

सडक विभाग र सुरक्षाकर्मीको टोलीले मकवानपुरको सोही सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित देउरालीबाट इन्द्रसरोवर गाउँपालिका–२, सिमखोलासम्मको पहिरो पन्छाइसकेको र इन्द्रसरोवर गाउँपालिका–२ स्थित बाढीले बगाएको कुलेखानी पुलको निर्माण भइरहेको उनले जानकारी दिए ।

दक्षिणकाली–फर्पिङ सडकअन्तर्गत महालक्ष्मीखोलादेखि पाखेलसम्म र पाखेलदेखि फर्पिङसम्मका केही भागमा खसेको पहिरो पन्छाउन दुई मेसिन चलाइएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register