कर्णाली याक्सले टोलीमा समेट्यो प्रदेशका तीन खेलाडी

काठमाडौं । कर्णाली याक्सले अक्सनबाट कर्णाली प्रदेशका तीन खेलाडी टोलीमा समावेश गरेको छ । आइतबार काठमाडौंमा भएको नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सनबाट कर्णाली याक्सले १० खेलाडी खरिद गर्दा कर्णालीको प्रतिनिधित्व गर्दै घरेलु क्रिकेट खेलिसकेका तीन खेलाडी टोलीमा समावेश गरेको हो । टिमका निर्देशक सह–मालिक गृहेन्द्र घिमिरेले योजनाअनुसार नै कर्णालीका खेलाडी टोलीमा समावेश गरेको बताएका छन् […]

Oct 7, 2024 - 11:29
 0
कर्णाली याक्सले टोलीमा समेट्यो प्रदेशका तीन खेलाडी

काठमाडौं । कर्णाली याक्सले अक्सनबाट कर्णाली प्रदेशका तीन खेलाडी टोलीमा समावेश गरेको छ ।

आइतबार काठमाडौंमा भएको नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सनबाट कर्णाली याक्सले १० खेलाडी खरिद गर्दा कर्णालीको प्रतिनिधित्व गर्दै घरेलु क्रिकेट खेलिसकेका तीन खेलाडी टोलीमा समावेश गरेको हो ।

टिमका निर्देशक सह–मालिक गृहेन्द्र घिमिरेले योजनाअनुसार नै कर्णालीका खेलाडी टोलीमा समावेश गरेको बताएका छन् । ‘कर्णाली याक्सले कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दा स्थानीय खेलाडीलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने थियो,’ सहमालिक घिमिरेले भने,’हाम्रो योजनाअनुसार नै तीन खेलाडी समावेश गरेका छौं ।’

अर्जुन घर्ती, युनिशविक्रम सिंह ठकुरी र दीपेन्द्र रावत कर्णालीका हुन् । अर्जुन ‘बी’ श्रेणीका हुन् भने युनिश र दीपेन्द्र ‘सी’ श्रेणीका हुन् ।

निर्देशक घिमिरेले केही खेलाडी छुट्न गएको स्मरण गर्दै उनीहरुलाई टोलीमा समावेश गर्ने तयारी भएको बताए । ‘हामीसँग अझै पनि एक स्थानीय खेलाडी ल्याउने बाटो खुला छ । छुटेकालाई त्यसबाट समावेश गर्छौ,’ उनले भने ।

ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् । टोलीले ए श्रेणीबाट गुल्शन झा, देव खनाल र नन्दन यावदलाई टोलीमा समावेश गरेको छ ।

त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको टिमले १० खेलाडी खरिद गर्दा ७४ लाख खर्च गरेको छ । यसअघि हिमालयन विल्डर्स एन्ड इन्जिनियर्स एक करोड ११ लाखमा कर्णाली याक्स स्वामित्वमा लिएको थियो ।

निर्देशक घिमिरेले चार विदेशी कोटामा विश्व चर्चित खेलाडी समावेश गर्दै टोली बलियो बनाउने जानकारी गराएका छन् ।

‘अक्सनबाट अनुबन्ध भएका नेपाली खेलाडी निकै राम्रा देखिन्छन् । अब, विश्वचर्चित विदेशी खेलाडीअनुबन्ध गर्दै टोली थप बलियो बनाउँछौं र उपाधि जित्न खेल्नेछौँ, ‘ उनले भने ।

एनपीएल १५ मंसिरदेखि ६ पुससम्म टीयू किक्रेट मैदानमा हुँदैछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register