दशैँको रौनकः उमङ्गमा चङ्गा उडाउँदै बालबालिका… (तस्विरहरु) 

काठमाडौँ । शरद ऋतुको हावा वहन थालेको छ । आकाश सफा र निलो भएको छ । यो मोहक मौसममा रङ्गिबिरङ्गी चङ्गा उड्न थालिसकेका छन् । दशैं पर्वको धेरै रमाइलो र आकर्षक पक्षहरु मध्य चङ्गा उडाउनु पनि एक हो । सो कारण अझै केटाकेटीहरुलाई त झनै दशैंको महत्व धेरै हुन्छ । दशैं आएपछि साना केटाकेटीहरु धेरै […]

Oct 6, 2024 - 03:53
 0
दशैँको रौनकः उमङ्गमा चङ्गा उडाउँदै बालबालिका… (तस्विरहरु) 

काठमाडौँ । शरद ऋतुको हावा वहन थालेको छ । आकाश सफा र निलो भएको छ । यो मोहक मौसममा रङ्गिबिरङ्गी चङ्गा उड्न थालिसकेका छन् । दशैं पर्वको धेरै रमाइलो र आकर्षक पक्षहरु मध्य चङ्गा उडाउनु पनि एक हो । सो कारण अझै केटाकेटीहरुलाई त झनै दशैंको महत्व धेरै हुन्छ । दशैं आएपछि साना केटाकेटीहरु धेरै खुसी हुन्छन् ।

केटाकेटीहरु नयाँ लुगा लगाएर पिङमा झुम्मिन्छन् र विभिन्न आकारका रङ्गीचङ्गी चङ्गा उडाउन व्यस्त हुन्छन् । हुन त काठमाडौँ उपत्यका बाहिरका शहर र गाँउहरुमा पनि दशैंमा चङ्गा नउडाइने होइन तर विशेषगरि काठमाडौँ उपत्यकामा यो प्रचलन बढि रहेको छ । दशैंमा चङ्गा उडाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने यकिन तथ्य नै त छैन तर, बुढापाकाका अनुसार दशैंमा चङ्गा उडाउने प्रचलन धेरे पुरानो हो । दशैंमा चङ्गा उडाउने प्रचलनको कारणबारे खोतल्दै जाँदा यो धार्मिक आस्थासँग जोडिएको पाइन्छ । वर्ष र सहकालका देवता इन्द्रसमक्ष खेतीबालीको लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश पुर्याउन चङ्गा उडाउने प्रचलन सुरु भएको जनविश्वास रहेको छ ।

दशैंमा चङ्गा उडाइनुको अर्को प्रमुख कारण भनेको मौसम पनि हो । शरद ऋतुमा पर्ने दशैं आसपासको समयमा आकाश खुला र सफा हुन्छ । चङ्गा उडाउनको लागि मन्द हावाको बहाव उपयुक्त हुन्छ । दशैंताका झरि पर्ने वा हुस्सु लाग्ने गर्दैन त्यसैले चङ्गा उडाउन उपयुक्त हुन्छ । यतिखेर चैत बैशाखमा जस्तो हावाको बहाव पनि धेरै हुँदैन र चङ्गा सन्तुलित हुन्छ ।

त्यस्तै दशैंमा स्कुल-कलेजहरु धेरै दिन बिदा हुनाले पनि केटाकेटीहरुलाई पढाई लेखाइको चाप हुँदैन । फुर्सदमा रङ्गिबिरङ्गी चङ्गा उडाउन पाउँदा उनीहरुको खुसीको सीमा नै हुँदैन । तस्विरमा हेर्नुहोस् दशैंको आगमनसँगै कागेश्वरी मनोहराको कृष्ण मन्दिर क्षेत्रमा चङ्गा उडाउँदै स्थानीय युवा र केटाकेटीहरूः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register