खसीबजारमा आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला 

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले आइतबारदेखि कलंकीस्थित खसी बजारमा खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकेजी जिउँदो खसीबोकाको मूल्य ६ सय ७० रुपैयाँ मूल्य निर्धारण गरेर प्रतिकेजीमा १० रुपैयाँ छुट दिएर प्रतिकेजी ६ सय ६० रुपैयाँमा बिक्री गरिने जनाएको छ । […]

Oct 6, 2024 - 05:45
 0
खसीबजारमा आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला 

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले आइतबारदेखि कलंकीस्थित खसी बजारमा खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकेजी जिउँदो खसीबोकाको मूल्य ६ सय ७० रुपैयाँ मूल्य निर्धारण गरेर प्रतिकेजीमा १० रुपैयाँ छुट दिएर प्रतिकेजी ६ सय ६० रुपैयाँमा बिक्री गरिने जनाएको छ ।

कम्पनीका अनुसार च्याङ्ग्राको मूल्य प्रतिकिलो एक हजार २ सय ३० रुपैयाँ निर्धारण गरेर १० रुपैयाँ छुटसहित एक हजार २ सय २० रुपैयाँमा बिक्री खुला गरिएको छ । 

खाद्यले यसवर्षको दशैँलाई लक्षित गर्दै २ सय ८ वटा खसीबोका र २ सय ८५ वटा च्याङ्ग्रा ल्याइसकेको छ भने अरू ल्याउने क्रम जारी रहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register