खाद्यले भित्र्यायो खसीबोका, छुटसहित किलोको ६६० मा बिक्री गरिने (तस्बिरहरू)
जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरी १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँमा र च्याङ्ग्रा जिउँदो प्रतिकिलो १२२० रुपैयाँमा बिक्री गर्ने भएको छ
काठमाडौँ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंको लागि खसीबोका र च्याङ्ग्रा भित्र्याएको छ। कम्पनीले खसीबोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथलीबाट असोज २० गते आइतबार (आज) देखि बिक्री वितरण सुरु गरेको हो।
कम्पनीले दशैंमा १५०० खसीबोका र ३०० च्याङ्ग्रा गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ। जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरी १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँमा र च्याङ्ग्रा जिउँदो प्रतिकिलो १२२० रुपैयाँमा बिक्री गर्ने भएको छ।
कम्पनीले मकवानपुरबाट खसीबोका र मुस्ताङबाट च्याङ्ग्रा काठमाडौँ झिकाएको हो।
तस्वीरहरु:-
What's Your Reaction?