नौ महिनामा आठ लाख पर्यटक नेपाल भित्रिए

काठमाडौं । पछिल्लो नौ महिनामा सवा आठ लाख बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को नौ महिनामा विभिन्न देशका आठ लाख १६ हजार ६३९ विदेशी पर्यटक नेपाल आएका हुन् । बोर्डका अनुसार एक महिना अर्थात् सेप्टेम्बरमा ९३ हजार ३०५ विदेशी पर्यटन नेपाल भित्रिएका हुन् । उक्त संख्या सन् २०२३ […]

Oct 2, 2024 - 07:25
 0
नौ महिनामा आठ लाख पर्यटक नेपाल भित्रिए

काठमाडौं । पछिल्लो नौ महिनामा सवा आठ लाख बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को नौ महिनामा विभिन्न देशका आठ लाख १६ हजार ६३९ विदेशी पर्यटक नेपाल आएका हुन् ।

बोर्डका अनुसार एक महिना अर्थात् सेप्टेम्बरमा ९३ हजार ३०५ विदेशी पर्यटन नेपाल भित्रिएका हुन् । उक्त संख्या सन् २०२३ को सोही अवधिको तुलनामा ५ दशमलव ८२ प्रतिशत बढी हो । गत वर्षको सेप्टेम्बरमा ९१ हजार १२ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

बोर्डका अनुसार सन् २०२२ को सेप्टेम्बरमा ५८ हजार ३१४ जना, सन् २०२१ मा नौ हजार ९०७ जना, सन् २०२० मा ५८४ जना र सन् २०१९ मा ९२ हजार ६०४ जना पर्यटक भित्रिएका थिए ।

सन् २०२४ को जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६ मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६, मे मा ९० हजार २११ पर्यटक नेपाल भित्रिएका छन् ।

त्यस्तै जुन महिनामा ७६ हजार ७३६, जुलाईमा ६४ हजार ५९९, अगस्टमा ७२ हजार ७१९ जना र सेप्टेम्बरमा ९६ हजार ३०५ पर्यटक नेपाल भित्रिएका हुन् ।

सन् २०२४ को सेप्टेम्बरमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् यस अवधिमा भारतबाट २२ हजार ९८४ जना नेपाल आएका हुन् ।

त्यस्तै सोही अवधिमा चीनबाट आठ हजार ४२ जना, अमेरिकी पर्यटक १० हजार ८४ जना, बंगलादेशबाट चार हजार १०३ जना, जर्मनीबाट दुई हजार ७०४ र युकेबाट चार हजार ४९३ जना पर्यटक नेपाल आएका छन् ।

त्यसै गरी अगस्टमा भुटानबाट एक हजार १०८, अस्ट्रेलियाबाट पाँच हजार ३८, जापानबाट एक हजार ८८७ जना, श्रीलंकाबाट चार हजार ९१५, साउथ कोरियाबाट दुई हजार ३५१ जना र मलेसियाबाट दुई हजार २८० जना विदेशी पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register