सरकारमा रहँदा माओवादीलाई शान्तिप्रक्रिया टुंग्याउन कसले रोक्यो? : गोकुल बाँस्कोटा

May 23, 2023 - 06:12
 0
सरकारमा रहँदा माओवादीलाई शान्तिप्रक्रिया टुंग्याउन कसले रोक्यो? : गोकुल बाँस्कोटा
सरकारमा रहँदा माओवादीलाई शान्तिप्रक्रिया टुंग्याउन कसले रोक्यो? : गोकुल बाँस्कोटा

काठमाडौं । एमाले सांसद गोकुल बाँस्कोटाले ३१ महिना सरकारमा रहँदा माओवादीलाई शान्तिप्रक्रिया टुंग्याउन कसले रोक्यो भन्दै प्रश्न गरेका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले डा. बाबुराम भट्टराईदेखि पुष्पकमल दाहाल प्रचण्ड ३१ महिना सरकार रहँदा शान्तिप्रक्रिया टुंग्याउन कसले रोक्यो भनेर प्रश्न गरेका हुन् । 

सदनमा पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले देशको आर्थिक अवस्था सुधार्न नसक्ने भन्दै उनले आफ्नो कमजोरी छोप्न विपक्षी दलमाथि सत्तापक्ष खनिने काम भएको आरोप लगाए । 

शान्तिप्रक्रिया चाँडै टुंगियोस् भन्ने एमाले पनि चाहने भए पनि सत्तापक्षबाट भइरहेको विपक्षी दलमाथिको टिप्पणीले भलो नगर्ने उनको चेतावनी छ । 

अघिल्लो वर्ष पेस गरिएको नीति तथा कार्यक्रमको समीक्षाबाट अहिले नीति तथा कार्यक्रम ल्याइएको हो भन्दै प्रश्न गरेका उनले मनु मञ्जिलको कविता वाचन गर्दै सत्तापक्षलाई कटाक्षसमेत गरे । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.