नेपालमा पहिलोपटक मोबाइल एपमार्फत सेयर कारोबार

काठमाडौँ । नेपालमा पहिलोपटक मोबाइल एपमार्फत सेयर कारोबार सुरु भएको छ । सेक्योर्ड सेक्युरिटिज (ब्रोकर नम्बर ३६)ले सेयर कारोबारमा मोबाइल एपको प्रयोग सुरु गरेको हो । सेक्योर्डले आइतबारदेखि सुरु नयाँ टिएमएस प्रयोगमा माबोइल एप भर्सनबाट पनि कारोबार सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीले एट्रयाड डीजी ट्रेड नेपाल नामक मोबाइल एप मार्फत सेयर कारोबार सुरु […]

Oct 7, 2024 - 04:41
 0
नेपालमा पहिलोपटक मोबाइल एपमार्फत सेयर कारोबार

काठमाडौँ । नेपालमा पहिलोपटक मोबाइल एपमार्फत सेयर कारोबार सुरु भएको छ । सेक्योर्ड सेक्युरिटिज (ब्रोकर नम्बर ३६)ले सेयर कारोबारमा मोबाइल एपको प्रयोग सुरु गरेको हो ।

सेक्योर्डले आइतबारदेखि सुरु नयाँ टिएमएस प्रयोगमा माबोइल एप भर्सनबाट पनि कारोबार सुरु गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले एट्रयाड डीजी ट्रेड नेपाल नामक मोबाइल एप मार्फत सेयर कारोबार सुरु गरेको हो । उक्त एप एन्ड्रोयड तथा आईओएस दुवैमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

ब्रोकरले सुरु गरेको आफ्नै टिएमएस एप, वेब तथा डेक्सटप भर्सनबाट कारोबार गर्न सुरुवातमा केही असहज हुने भए पनि बिस्तारै अभ्यस्त हुँदै जाँदा सहज हुने कम्पनीको भनाई छ । कम्पनीका अनुसार आइतबार मात्रै करिब ६ सय जनाले ब्रोकरको नयाँ टिएमएस लगइन गरेका छन् भने करिब साढे २ सय जनाले नयाँ टिएमएसबाट कारोबार नै गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register