नक्कली टिकट बनाएर यात्रुलाई ‘उल्लू’ बनाउने १३ जना पक्राउ 

काठमाडौँ । नक्कली टिकट बनाएर यात्रु ठग्ने १३ जना पक्राउ परेका छन् । दशैँमा गाउँ फर्किनेहरुबाट चर्को शुल्क असुलेको आरोपमा ट्राफिक प्रहरीले काठमाडौँबाट १३ जनालाई पक्राउ गरेको हो ।  पक्राउ परेका १३ जनामध्ये ३ जना कोटेश्वरबाट र ६ जनालाई बल्खुबाट र अन्यलाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  प्रहरीका […]

Oct 7, 2024 - 09:41
 0
नक्कली टिकट बनाएर यात्रुलाई ‘उल्लू’ बनाउने १३ जना पक्राउ 

काठमाडौँ । नक्कली टिकट बनाएर यात्रु ठग्ने १३ जना पक्राउ परेका छन् । दशैँमा गाउँ फर्किनेहरुबाट चर्को शुल्क असुलेको आरोपमा ट्राफिक प्रहरीले काठमाडौँबाट १३ जनालाई पक्राउ गरेको हो । 

पक्राउ परेका १३ जनामध्ये ३ जना कोटेश्वरबाट र ६ जनालाई बल्खुबाट र अन्यलाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ परेकाहरुले गाउँ जाने यात्रुहरुलाई नक्कली टिकट बनाएर दिनुका साथै तोकिएको भाडादर भन्दा बढी भाडा असुली गरेका थिए ।  

हाल उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दशैँको मुखमा यात्रुहरुको बाध्यताको फाइदा उठाएर अस्वभाविक महँगो भाडा असुली गर्नेहरुप्रति सतर्क रहन पनि प्रहरीले आग्रह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register