पुण्य गौतममाथि रड प्रहार, टाउको फुटेपछि आइसीयुमा (भिडिओ)

आकस्मिक कक्षमा टाउकोमा दर्जन बढी टाँका लगाइएको छ । थप उपचारका लागि अहिले गौतमलाई आइसियुमा राखिएको छ ।

Oct 7, 2024 - 19:33
 0
पुण्य गौतममाथि रड प्रहार, टाउको फुटेपछि आइसीयुमा (भिडिओ)

काठमाडौं । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा अन्तरवार्ता दिएर भाइरल भएका पुण्य गौतममाथि जोरपाटीमा आक्रमण भएको छ । सोमबार राति साढे ९ बजे घर फर्किँदै गर्दा घर नजिकै अज्ञात व्यक्तिले रडले आक्रमण गरेको हो ।

गौतमका अनुसार आक्रमणकारी एक जना मात्र थिए, र उनले चिनेनन् ।

रडको प्रहारले गौतमको टाउकोमा गहिरो चोट लागेको छ । बचाउने प्रयासमा उनको हातमा पनि चोट लागेको छ । उनलाई तत्काल स्थानीयले नेपाल मेडिकल कलेज, जोरपाटी पुर्‍याइएका थिए ।

जहाँ आकस्मिक कक्षमा टाउकोमा दर्जन बढी टाँका लगाइएको छ । थप उपचारका लागि अहिले गौतमलाई आइसियुमा राखिएको छ ।

घटनाबारे प्रहरी अनुसन्धान जारी छ । गौतम पछिल्लो समय बाढी पहिरोबाट पीडित भएका व्यक्तिको राहतमा वितरणमा सक्रिय थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register