नेपाली टोली क्यानडाबाट अमेरिका गए, भिसा नभएकाले स्वदेश फर्किए सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिता अन्तर्गतको शृङ्खला खेल्न क्यानडाबाट अमेरिका प्रस्थान गरे पनि टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछाने भने स्वदेश फर्किएका छन् । सन्दीपसँग अमेरिकाको भिसा प्रवेशाज्ञा नभएका कारण स्वदेश फर्किए । उनी क्यानडाबाट नेपाल फर्किएका हुन् । पटक–पटक आवेदन गर्दा पनि नेपालस्थित अमेरिकी राजदूतावासले सन्दीपलाई भिसा दिएको […]

Oct 12, 2024 - 05:17
 0
नेपाली टोली क्यानडाबाट अमेरिका गए, भिसा नभएकाले स्वदेश फर्किए सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिता अन्तर्गतको शृङ्खला खेल्न क्यानडाबाट अमेरिका प्रस्थान गरे पनि टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछाने भने स्वदेश फर्किएका छन् ।

सन्दीपसँग अमेरिकाको भिसा प्रवेशाज्ञा नभएका कारण स्वदेश फर्किए । उनी क्यानडाबाट नेपाल फर्किएका हुन् । पटक–पटक आवेदन गर्दा पनि नेपालस्थित अमेरिकी राजदूतावासले सन्दीपलाई भिसा दिएको छैन ।

सन्दीपले आफूविरुद्ध लागेको जबरजस्ती करणी मुद्दामा भने उच्च अदालत पाटनबाट सफाइ पाइसकेका छन् । महान्यायाधिवक्ताको कार्यालयले पनि उच्च अदालत पाटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने बताइसकेको छ ।

तर, अमेरिकी दूतावासले भने सन्दीपलाई अझै पनि भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको शृङ्खला खेल्न क्यानडा प्रस्थान गर्नुभन्दा निकैअघि अमेरिकी दूतावासमा भिसाका लागि आवेदन गरेका थिए ।

तर, अमेरिकी दूतावासमा सन्दीपले गरेको भिसा आवेदन अझै पनि ‘होल्ड’ मा छ । त्यसपछि उनी पासपोर्ट फिर्ता लिएर क्यानडा प्रस्थान गरेका थिए । नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाले सन्दीप नेपाल फर्किएपछि पुनः अमेरिकी दूतावासमा भिसाको प्रक्रिया अघि बढाइने जानकारी दिए बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register