साफ महिला च्याम्पियनसिप फुटबलको तयारी पूरा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिप २०२४ को तयारी पूरा भएको जानकारी गराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको कार्यक्रममा एन्फाले प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो । प्रतियोगितामा नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, बंगलादेश, भारत र भुटानले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीको प्रशिक्षणको व्यवस्था एन्फा कम्प्लेक्सको खेल मैदान, लगनखेल खेल मैदान, […]

Oct 8, 2024 - 07:49
 0
साफ महिला च्याम्पियनसिप फुटबलको तयारी पूरा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिप २०२४ को तयारी पूरा भएको जानकारी गराएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको कार्यक्रममा एन्फाले प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो । प्रतियोगितामा नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, बंगलादेश, भारत र भुटानले प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी टोलीको प्रशिक्षणको व्यवस्था एन्फा कम्प्लेक्सको खेल मैदान, लगनखेल खेल मैदान, नेपाली सेनाको भद्रकाली र सेन्ट जेभियर्समा गरिएको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा नेपाली टोलीमा २७ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् ।

प्रतियोगिताको अनुमानित बजेट ३ लाख ८ हजार १६० अमेरिकी डलर रुपैयाँ रहेको एन्फाका प्रवक्ता सुरेश साहले जानकारी दिए । प्रतियोगिता कात्तिक १ देखि १४ सम्म काठमाडौंमा आयोजना हुनेछ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register