महालक्ष्मी विकास बैंक बन्यो भिसा थ्रिडी सेक्यूर्ड कार्ड प्रदान गर्ने पहिलो विकास बैंक

काठमाडौं । महालक्ष्मी विकास बैंक भिसा थ्रिडी सेक्यूर्ड कार्ड प्रदान गर्ने पहिलो विकास बैंक बनेको छ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने नीतिबमोजिम डलर तथा एनपीआर कार्डहरु मार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा थ्रिडी सुविधा थप गरेको हो । यससँगै नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरु मध्ये […]

Oct 9, 2024 - 03:21
 0
महालक्ष्मी विकास बैंक बन्यो भिसा थ्रिडी सेक्यूर्ड कार्ड प्रदान गर्ने पहिलो विकास बैंक

काठमाडौं । महालक्ष्मी विकास बैंक भिसा थ्रिडी सेक्यूर्ड कार्ड प्रदान गर्ने पहिलो विकास बैंक बनेको छ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने नीतिबमोजिम डलर तथा एनपीआर कार्डहरु मार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा थ्रिडी सुविधा थप गरेको हो ।

यससँगै नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरु मध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ ।

यस सुविधा थप गरेसँगै ग्राहकहरुले गर्ने अनलाइन कारोबारको सुरक्षा तहमा थप वृद्धि हुने र यसले गर्दा ग्राहकहरुको आफ्नो कार्डको विवरण अनाधिकृत रुपबाट प्रयोग हुनबाट जोगिने बैंकले जनाएको छ ।

यो सेवाले प्रत्येक कारोबार समेत प्रमाणीकरण हुनेछ । यस प्रक्रियाअन्तर्गत ग्राहकहरुले डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाईन कारोबार गर्दा प्रत्येक कारोबारलाई प्रमाणीकरण गर्नको निमित्त इमेल वा म्यासेज मार्फत एक पटक मात्र प्रयोग हुने पासवर्ड ९ओटीपी० प्राप्त गर्नेछन् र सो पासवर्ड प्रविष्ट गरेपछि मात्र कारोबार सम्पन्न हुनेछ ।

यो सुविधा सुचारु भएसँगै महालक्ष्मी विकास बैंकको ग्राहकहरुलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरु उपलब्ध गराउने नीतिको सफल कार्यान्वयनहुने विश्वास समेत बैंकले लिएको छ ।

थ्रिडी सुविधामा के–के फाइदा ?

बैंकले जनाएअनुसार यस प्रविधिको प्रयोगबाट अनलाइन कारोबारलाई थप प्रमाणीकरणको आवश्यक पर्ने भएकोले ग्राहकहरु अनलाइनमार्फत हुने ठगीबाट बच्न सकिनेछ । ग्राहकहरुको वित्तीयजानकारी सुरक्षित हुने साथै अनाधिकृत पँहुचबाट सुरक्षितहुने भएकोले ढुक्कसँग कारोबार गर्न सक्ने जनाइएको छ ।

रियल टाइममा नै कारोबारको प्रमाणीकरण हुने बैंकले जनाएको छ । यसैगरी, विश्वभर रहेकाहजारौँइ­कमर्श वेभसाइटहरुले भिसा ३डी सुरक्षित रहेका डेबिट तथाक्रेडिट कार्डहरु सजिलै स्वीकार गर्ने भएकोले ग्राहकहरुले जुनसुकै ठाँउबाट तथा जुनसुकै सयममा पनि किनमेल गर्न सक्ने जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register