रवि लामिछानेलाई पक्राउ गर्ने तयारी भइसकेको थियो, अदालतले पुर्जी नदिएपछि रोकियो : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने तयारी भइसके पनि अदालतका कारण रोकिएको बताएका छन् । बुधबार सम्पादकसँगको भेटमा प्रचण्डले कास्की अदालतले पक्राउ गर्नुपर्ने कारण नभएको राय दिएपछि सरकार पछि हटेको आफूलाई सूचना प्राप्त भएको बताए । उनले भने, ‘रविजीलाई पक्राउ गर्ने भनेर […]

Oct 9, 2024 - 06:41
 0
रवि लामिछानेलाई पक्राउ गर्ने तयारी भइसकेको थियो, अदालतले पुर्जी नदिएपछि रोकियो : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने तयारी भइसके पनि अदालतका कारण रोकिएको बताएका छन् ।

बुधबार सम्पादकसँगको भेटमा प्रचण्डले कास्की अदालतले पक्राउ गर्नुपर्ने कारण नभएको राय दिएपछि सरकार पछि हटेको आफूलाई सूचना प्राप्त भएको बताए ।

उनले भने, ‘रविजीलाई पक्राउ गर्ने भनेर सरकारले सबै तयारी गरिसकेको थियो तर, कास्की जिल्ला अदालतले त्यस्तो समस्या छैन भनेपछि रोकिएको भन्ने मैले सूचना पाएको छु ।’

प्रचण्डले रवि लामिछानेको सहकारी प्रकरणमा त्यति ठूलो दोष नदेखिएको बताए । उनले आफू प्रधानमन्त्री हुँदा पनि गहिरो गरी बुझ्दा कुनै पनि निकायले रविको बदमासी छ भन्न नसकेपछि त्यही अनुसार नै सार्वजनिक अभिव्यक्ति दिएको उल्लेख गरे ।

संसदीय छानबिन समितिको प्रतिवेदनमा पनि हल्का राजनीतिक रंग देखिएको उनले दाबी गरे । यद्यपी प्रतिवेदन कार्यान्वयन गर्न आफूहरुले कुनै अवरोध नगर्ने उनको भनाई छ ।

प्रचण्डले बालेन, रवि, हर्क जस्ताहरुको उदयलाई पुराना दलको कमी कमजोरीको अभिव्यक्तिका रुपमा लिनु पर्ने समेत बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register