राजेशपायललाई आफ्नै गीतमा कपीराइट, डिलेट नगरे कानूनी उपचारमा जाने चेतावनी

काठमाडौं । लोकप्रिय गायक राजेशपायल राईलाई आफ्नै गीतमा कपीराइट लागेको छ । गायक राईले आफ्नै गीतमा आफैँलाई कपीराइट लाग्न थालेको आधिकारिक र प्रमाणित फेसबूकमार्फत जानकारी दिएका छन् । “मेरो राइट्समा रहेका अधिकांश गीतहरू हालै मैले खोलेको अडियो प्ल्याटफर्ममार्फत डाउनलोड गर्न खोज्दा उल्टै मलाई कपीराइट लागेको सूचित गर्दछु,” गायक राईले भनेका छन् । उनले अन्य प्लेटफर्ममा […]

Oct 9, 2024 - 07:01
 0
राजेशपायललाई आफ्नै गीतमा कपीराइट, डिलेट नगरे कानूनी उपचारमा जाने चेतावनी

काठमाडौं । लोकप्रिय गायक राजेशपायल राईलाई आफ्नै गीतमा कपीराइट लागेको छ ।

गायक राईले आफ्नै गीतमा आफैँलाई कपीराइट लाग्न थालेको आधिकारिक र प्रमाणित फेसबूकमार्फत जानकारी दिएका छन् ।

“मेरो राइट्समा रहेका अधिकांश गीतहरू हालै मैले खोलेको अडियो प्ल्याटफर्ममार्फत डाउनलोड गर्न खोज्दा उल्टै मलाई कपीराइट लागेको सूचित गर्दछु,” गायक राईले भनेका छन् ।

उनले अन्य प्लेटफर्ममा रहेका गीतहरू हटाउन चेतावनी दिएका छन् । अन्यथा कानूनी उपचारमा जाने उनले बताएका छन् । “तपाईंले राख्नुभएको मेरो गीतहरू तुरुन्त डिलेट गर्नुहोला, अन्यथा म कानूनको उपचारमा लाग्नेछु,” उनले भने ।

एम्युज नामक संगीत वितरण कम्पनीको प्लाटफर्ममा राईलाई कपिराइट लागेको हो । यो कम्पनीले स्पोटीफाइ, एप्पल म्युजिक, अमेजन म्युजिकजस्ता प्लाटफर्ममा गीत उपलब्ध गराउँदै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register