जापान पठाउने भन्दै दुई लाख बढी ठग्ने पारस कार्की पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि जापान पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं. २४ भई हाल काठमाडौँ महानगरपालिका वडा नं.  ३१ संखमुल बस्ने २८ वर्षीय पारस कार्की रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले संखमुलबाट पक्राउ गरेको हो […]

Oct 9, 2024 - 06:53
 0
जापान पठाउने भन्दै दुई लाख बढी ठग्ने पारस कार्की पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि जापान पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं. २४ भई हाल काठमाडौँ महानगरपालिका वडा नं.  ३१ संखमुल बस्ने २८ वर्षीय पारस कार्की रहेका छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले संखमुलबाट पक्राउ गरेको हो ।

कार्कीले दुई जनालाई जापान पठाउने भन्दै दुई लाख २५ हजार रुपैयाँ ठगी गरेका थिए ।

हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register