रविन्द्र मिश्र भन्छन् – राष्ट्रपतिको हातबाट टिका लगाउनु देश र भावी पुस्तामाथि पाप गर्नु हो

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले दशैंमा राष्ट्रपतिको हातबाट टिका लगाउनु देश र भावी पुस्तामाथि पाप गर्नु भएको आरोप लगाएका छन् । आफू दशैंमा पूर्वराजाको हातबाट टिका लगाउने उल्लेख गर्दै मिश्रले यस्तो आरोप लगाएका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘दशैंमा राजाकै हातबाट टिका लगाउन जाने हो । देश पतित बनाउँदै अन्ततोगत्वा ध्वस्त […]

Oct 9, 2024 - 08:21
 0
रविन्द्र मिश्र भन्छन् – राष्ट्रपतिको हातबाट टिका लगाउनु देश र भावी पुस्तामाथि पाप गर्नु हो

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले दशैंमा राष्ट्रपतिको हातबाट टिका लगाउनु देश र भावी पुस्तामाथि पाप गर्नु भएको आरोप लगाएका छन् ।

आफू दशैंमा पूर्वराजाको हातबाट टिका लगाउने उल्लेख गर्दै मिश्रले यस्तो आरोप लगाएका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘दशैंमा राजाकै हातबाट टिका लगाउन जाने हो । देश पतित बनाउँदै अन्ततोगत्वा ध्वस्त पार्ने व्यवस्थाका प्रतिक राष्ट्रपतिको हातबाट टिका लगाउनु भनेको यो देश र भावी पुस्तामाथि पाप गर्नु हो ।’

उनले पूर्वराजाको दशैं शुभकामना सन्देशमा निहित शब्द-शब्दमा इमान, प्रतिबद्धता, देशभक्ति र दृढता रहेको बताए ।

उनले पूर्वराजा र दलहरुबीच नमिल्नुको विकल्प नरहेको बताए ।

मिश्रले लेखेका छन्, ‘राजाको बेचैनी बढ्दा र राजाको स्वीकार्यता बढ्दा, दलहरूको बेचैनी बढ्नु पर्दैन । किनभने, राजाले दलहरूलाई न्यूनीकरण गरेर या दलहरूले राजालाई न्यूनीकरण गर्न खोजेर यो देशको हित नहुने रहेछ भन्ने स्पष्ट भइसक्यो ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register