स्वास्थ्यका हिसाबले दिनमा सुत्नु राम्रो कि नराम्रो ?

काठमाडौं । दिउँसो खाना खाएपछि निद्रा लाग्नु स्वाभाविक हो । स्वास्थ्य विशेषज्ञहरूका अनुसार दिउँसो जब हामी खाना खान्छौँ, पाचन प्रणालीमा रगतको प्रवाह बढ्छ । यसले मस्तिष्कमा रगतको आपूर्ति कम गर्न सक्छ । यस कारण निद्रा र थकानको समस्या हुन सक्छ । खाना खाएपछि शरीरमा ग्लुकोजको स्तर बढ्छ, जसले गर्दा झपक्क निद्रा आउँछ । यो एक […]

Oct 9, 2024 - 08:09
 0
स्वास्थ्यका हिसाबले दिनमा सुत्नु राम्रो कि नराम्रो ?

काठमाडौं । दिउँसो खाना खाएपछि निद्रा लाग्नु स्वाभाविक हो । स्वास्थ्य विशेषज्ञहरूका अनुसार दिउँसो जब हामी खाना खान्छौँ, पाचन प्रणालीमा रगतको प्रवाह बढ्छ । यसले मस्तिष्कमा रगतको आपूर्ति कम गर्न सक्छ । यस कारण निद्रा र थकानको समस्या हुन सक्छ ।

खाना खाएपछि शरीरमा ग्लुकोजको स्तर बढ्छ, जसले गर्दा झपक्क निद्रा आउँछ । यो एक सामान्य प्रक्रिया हो, त्यसैले चिन्ता गर्नुपर्ने कुरा छैन । तर, यदि दैनिक रूपमा दिउँसो निद्रा लाग्ने बानी परेमा यसले स्वास्थ्यमा के असर गर्छ, आउनुहोस् जानौँ ।

केही अनुसन्धानले देखाएको छ कि थोरै निद्राले शरीरमा जाँगर ल्याउन मद्दत गर्न सक्छ । तर, यदि यो बानी बन्दै गएको छ भने यसले नकारात्मक असर पार्न सक्छ ।

हार्वर्ड हेल्थको रिपोर्टअनुसार दिनमा छोटो निद्राले स्मरणशक्ति सुधार गर्न मद्दत गर्छ र यसले शरीरलाई सक्रिय राख्छ । यद्यपि, यदि यो बानी बन्दै गएको छ भने लामो समयसम्म धेरै नोक्सान हुन सक्छ । त्यसैले सावधान रहन आवश्यक छ ।

अनुसन्धानकर्ताहरू भन्छन्, ”दिनमा धेरै समयसम्म सुत्नु स्वास्थ्यसँग सम्बन्धित गम्भीर समस्याहरू निम्त्याउन सक्छ ।”

दिनमा सुत्नुपर्छ कि पर्दैन ?

विशेषज्ञकाअनुसार दिनमा धेरै समयसम्म सुत्ने वयस्कहरूमा मधुमेह, हृदय रोग र डिप्रेसन जस्ता समस्याहरू हुने खतरा बढी हुन्छ । दिनमा सुत्नुको मतलब रातमा तपाईंको निद्रा पूरा भएको छैन, जसले धेरै क्रोनिक रोगहरू बढाउन सक्छ । त्यसैले रातमा पर्याप्त निद्रा लिनुहोस् ।

दिनमा धेरै समयसम्म सुत्नुले स्लीपिङ साइकललाई बिगार्न सक्छ । त्यसैले दिनमा छोटो निद्रा लिनु ठिक हुन सक्छ । दिनमा कहिल्यै पनि २०–३० मिनेटभन्दा बढी सुत्न हुँदैन । नत्र नोक्सान हुन सक्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register