डायलाइसिस सेवा सञ्चालित धर्मशाला खाली गर्न पुग्यो महानगरको टोली

काठमाडौं । गौशालास्थित धर्मशाला खाली गराउन काठमाडौं महानगरपालिकाको टोली पुगेको छ । काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको थियो । सोहीअनुसार बुधबार महानगरको टोली धर्मशाला खाली गराउन पुगेको हो । अहिले महानगरको टोली र समितिका प्रतिनिधिबीच […]

Oct 9, 2024 - 08:57
 0
डायलाइसिस सेवा सञ्चालित धर्मशाला खाली गर्न पुग्यो महानगरको टोली

काठमाडौं । गौशालास्थित धर्मशाला खाली गराउन काठमाडौं महानगरपालिकाको टोली पुगेको छ ।

काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको थियो ।

सोहीअनुसार बुधबार महानगरको टोली धर्मशाला खाली गराउन पुगेको हो । अहिले महानगरको टोली र समितिका प्रतिनिधिबीच छलफल चलिरहेको छ ।

त्यहाँ मारवाडी सेवा समितिले किड्नी डायलाइसिस सेवा दिइरहेको छ । त्यहाँ हप्तामा ९० जना बिरामीलाई सेवा दिदैँ आइरहेको थियो । धर्मशाला खाली गराएर महानगरपालिकाले व्यवस्थित रुपमा यसको सञ्चालन गर्ने तयारी छ ।       

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register