महोत्तरीमा युवतीको वेवारिसे शव फेला

महोत्तरी । महोत्तरीको बर्दिवास-५ स्थित टुटेश्वर मन्दिर नजिकै एक युवतीको शव फेला परेको छ । अन्दाजी २१/२२ बर्षको जस्तो देखिने पहिचान नखुलेको युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । युवतीको शवको पकृति हेर्दा शंका गर्ने ठाँउहरु देखिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी संतुलाल जैसवालले वताए । शवको पहिचानको लागि प्रहरीले खोजी कार्य […]

Oct 9, 2024 - 14:27
 0
महोत्तरीमा युवतीको वेवारिसे शव फेला

महोत्तरी ।

महोत्तरीको बर्दिवास-५ स्थित टुटेश्वर मन्दिर नजिकै एक युवतीको शव फेला परेको छ । अन्दाजी २१/२२ बर्षको जस्तो देखिने पहिचान नखुलेको युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

युवतीको शवको पकृति हेर्दा शंका गर्ने ठाँउहरु देखिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी संतुलाल जैसवालले वताए । शवको पहिचानको लागि प्रहरीले खोजी कार्य अगाडी वढाएको छ । महोत्तरीमा युवती हराएको ठाँउ एकिन गरी पहिचानको लागि प्रयास भैईरहेको प्रहरीले जनाएको छ ।

अहिले युवतीको शवलाई पोष्टमार्टमको लागि बर्दिवास अस्पतालमा लागिएको छ ।  वडा नं ५ का वडा अध्यक्ष काहरमान स्याङवाको अनुसार उक्त युवतीको शव विहान ७ वजे फेला परेको थियो । युवतीको शवलाई सामाजिक संजालवाट समेत सार्वजनिक गरि पहिचान गर्ने प्रयास भईरहेको अध्यक्ष स्याङवाको भनाई छ ।


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register