इजरायली हवाई आक्रमणमा लेबनानमा चार जनाको मृत्यु

बेरुत । इजरायली हवाई आक्रमणमा बुधबार मध्य लेबनानमा विस्थापित नागरिकहरूको आवासमा चार जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । माउन्ट लेबनान गभर्नरेटको चौफ जिल्लाको गाउँ वरदानिएहमा रहेको दार अल–सलाम होटललाई लक्षित गरी आक्रमण भएको थियो । यस होटलले दक्षिणी र पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणबाट भागेका शरणार्थीहरूलाई आश्रय दिइरहेको एनएनएले […]

Oct 9, 2024 - 14:25
 0
इजरायली हवाई आक्रमणमा लेबनानमा चार जनाको मृत्यु

बेरुत । इजरायली हवाई आक्रमणमा बुधबार मध्य लेबनानमा विस्थापित नागरिकहरूको आवासमा चार जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

माउन्ट लेबनान गभर्नरेटको चौफ जिल्लाको गाउँ वरदानिएहमा रहेको दार अल–सलाम होटललाई लक्षित गरी आक्रमण भएको थियो । यस होटलले दक्षिणी र पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणबाट भागेका शरणार्थीहरूलाई आश्रय दिइरहेको एनएनएले बताएको छ ।

सेप्टेम्बर २३ देखि इजरायलले लेबनानभरि व्यापक हवाई आक्रमणहरू सञ्चालन गरेको छ । उक्त आक्रमणले देशभरि लाखौँ मानिसलाई विस्थापित गरेको छ । सिन्ह्रा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register