पशुपति धर्मशालामा महानगरको बाेर्ड

काठमाडौं । पशुपति धर्मशालामा काठमाडौँ महानगरपालिकाले आफ्नो बोर्ड राखेको छ । मारवाडी सेवा समितिले राखेको बोर्ड हटाएर बुधबार महानगर प्रहरीको टोलीले आफ्नो बोर्ड राखेको हो । धर्मशाला महानगरले सञ्चालन गर्ने सम्झौतापछि बुधबार महानगर प्रहरी र वडा नम्बर ८ का अध्यक्ष आशमान संगत लगायतको टोली त्यहाँ पुगेको थियो । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकले महानगरपालिकालाई […]

Oct 9, 2024 - 14:39
 0
पशुपति धर्मशालामा महानगरको बाेर्ड

काठमाडौं ।

पशुपति धर्मशालामा काठमाडौँ महानगरपालिकाले आफ्नो बोर्ड राखेको छ । मारवाडी सेवा समितिले राखेको बोर्ड हटाएर बुधबार महानगर प्रहरीको टोलीले आफ्नो बोर्ड राखेको हो ।

धर्मशाला महानगरले सञ्चालन गर्ने सम्झौतापछि बुधबार महानगर प्रहरी र वडा नम्बर ८ का अध्यक्ष आशमान संगत लगायतको टोली त्यहाँ पुगेको थियो ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकले महानगरपालिकालाई सम्बोधन गरी धर्मशाला सञ्चालनबारे पत्राचार गरेका थिए ।

सोही पत्राचारपछि महानगरपालिकाले मंगलबार नै माइकिङ गरेर खाली गर्नका लागि माइकिङ गरेको थियो । उनीहरू पुगेपछि मारवाडी सेवा समितका सदस्यहरूले अहिले नै महानगरपालिकाले आफ्नो बोर्ड राख्न नहुने बताएका थिए ।

महानगरले बोर्ड राखेपछि मारवाडी सेवा समितिका सदस्यले विरोध गरेपछि महानगरप्रहरीसँग झडप भएको थियो । 


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register