कोटेश्वरमा घर फर्कनेको भिड (तस्वीरहरु)

उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाह पथका अनुसार बुधवार सम्म सडक मार्गबाट उपत्यका छाड्नेको सङ्ख्या ९ लाख कटिसकेको छ

Oct 10, 2024 - 03:01
 0
कोटेश्वरमा घर फर्कनेको भिड (तस्वीरहरु)

काठमाडौँ। दशैं नजिकिँदै गर्दा उपत्यका छाडेर आफ्नो थाक थलो फर्कनेहरूको भिड बसपार्कहरूमा देख्न सकिन्छ। पढाई, रोजगार तथा अन्य कामले उपत्यकामा रहेकाहरू दशैंको लागि घर फर्कने क्रम बढ्दो छ।

कोटेश्वर पूर्वको अरनिको राजमार्ग, बिपी राजमार्ग लगायतका सडक हुँदै घर फर्कनेहरूको बिहीबार बिहान कोटेश्वरमा बाक्लो भिड रहेको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाह पथका अनुसार बुधवार सम्म सडक मार्गबाट उपत्यका छाड्नेको सङ्ख्या ९ लाख कटिसकेको छ।

तस्वीरहरु:- 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register