बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चाडपर्व प्रारम्भ हुन लागेका बेला बाढीपहिरोबाट देश र जनताले भोग्नुपरेको अकल्पनीय परिस्थितिप्रति सरकार संवेदनशील रहेको उल्लेख गरे । पीडितलाई राज्यका निकायबाट सक्दो सहयोग गर्नुपर्छ भन्नेमा कसैको विमति नरहेको उनले बताए । “देशका […]

Oct 5, 2024 - 13:41
 0
बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चाडपर्व प्रारम्भ हुन लागेका बेला बाढीपहिरोबाट देश र जनताले भोग्नुपरेको अकल्पनीय परिस्थितिप्रति सरकार संवेदनशील रहेको उल्लेख गरे । पीडितलाई राज्यका निकायबाट सक्दो सहयोग गर्नुपर्छ भन्नेमा कसैको विमति नरहेको उनले बताए ।

“देशका विभिन्न स्थानमा एकैपटक बाढीपहिरोबाट मानवीय क्षति भयोे, सडक सञ्जाल विच्छेद भयो, कैयौँ नागरिक घरबारविहीन भएका छन् । यस्तो जटिल अवस्थामा सरकारले सम्बन्धित निकायलाई परिचालन गरेर सहायता परिचालन गरिरहेको छ,” मन्त्री गुरुङ भने ।

उनले दशैंतिहारमा यातायात सेवा सहज ढंगले सञ्चालन गर्न सरकार कटिबद्ध रहेको र सडक विभागसँगको समन्वयमा अवरोध भएका स्थानमा युद्धस्तरमा काम भइरहेको बताए ।

फरक प्रसंगमा सञ्चारमन्त्रीले लगानीमैत्री वातावरण बनाउन सरकार लागिपरेको, लगानी बढेपछि सेवा क्षेत्र विस्तार भई रोजगारीका अवसर सिर्जना हुने भएकाले त्यसप्रति नै सरकारले ध्यान दिएको बताए । उनले भने, “स्थिर सरकार भएन भने नीतिगत स्थायित्व हुँदैन । नीतिगत स्थायित्व भएन भने विकास र समृद्धिले फड्को मार्न सक्दैन । राजनीतिक स्थायित्वका लागि नेकपा (एमाले)ले नेपाली कांग्रेससँग सहकार्य गरेको हो ।”

नेपाली जनताले तत्काल परिणाम खोजेका तर नीतिगत सुधार गरी त्यसलाई कार्यन्वयनमा लैजान केही समय लाग्ने उनले बताए । जनताले महसुस गर्ने गरी परिणाम निकाल्न सरकार क्रियाशील रहेको उनको भनाइ थियो । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register