कात्तिक ८ भित्र डेडिकेटेड ट्रङ्कलाइन बक्यौता बुझाउन उद्योगलाई प्राधिकरणको ताकेता  

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगलाई पुन बक्यौता रकम बुझाउन अनुरोध गरेको छ । ४९ उद्योगको सूची सार्वजनिक गर्दै आउँदो कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन भनेको हो । तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल गर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले सार्वजनिक सूचना निकालेर २०७२ माघदेखि २०७५ […]

Oct 10, 2024 - 07:57
 0
कात्तिक ८ भित्र डेडिकेटेड ट्रङ्कलाइन बक्यौता बुझाउन उद्योगलाई प्राधिकरणको ताकेता  

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगलाई पुन बक्यौता रकम बुझाउन अनुरोध गरेको छ ।

४९ उद्योगको सूची सार्वजनिक गर्दै आउँदो कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन भनेको हो ।

तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल गर्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सार्वजनिक सूचना निकालेर २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न ४९ वटा उद्योगलाई पुनः ताकेता गरेको हो ।

यसअघि पनि प्राधिकरणले बक्यौता तिर्न अनुरोध गरेको थियो । तर, केही उद्योगीले आफूले प्रयोग नगरेको महसुलको बलि आएको भन्दै तिर्न अटेरी गर्दै आएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register