दुर्गा प्रसाईंका समर्थकले जिउँदै जलाएका ट्रक चालकको उपचारको क्रममा ज्यान गयो

झापा । दुर्गा प्रसाईं साइबर क्राइमको मुद्दामा पक्राउ परेको बेलामा उनलाई छुटाउन माग गर्दै चालकलाई भित्रै थुनेर आगो लगाउँदा घाइते भएका ट्रक चालकको ज्यान गएको छ । पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक चालकको मृत्युु भएको हो । चालक भारत इस्लामपुर बस्ने बर्ष ४० को प्याड रोयको उपचारको क्रममा मृत्यु भएको हो […]

Oct 7, 2024 - 08:25
 0
दुर्गा प्रसाईंका समर्थकले जिउँदै जलाएका ट्रक चालकको उपचारको क्रममा ज्यान गयो

झापा । दुर्गा प्रसाईं साइबर क्राइमको मुद्दामा पक्राउ परेको बेलामा उनलाई छुटाउन माग गर्दै चालकलाई भित्रै थुनेर आगो लगाउँदा घाइते भएका ट्रक चालकको ज्यान गएको छ ।

पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक चालकको मृत्युु भएको हो । चालक भारत इस्लामपुर बस्ने बर्ष ४० को प्याड रोयको उपचारको क्रममा मृत्यु भएको हो ।

बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक प्रसाईँ समर्थकले चालकलाई बाहिर निस्किन नदिई डब्ल्यु बी ७३ इ ३०५६ नम्बरको ट्रकमा आगजनी गरेका थिए ।

सुनसरीको दुहबीमा जुट (पाटा) पुर्‍याएर पुर्व तर्फ आउँदै गरेको सो ट्रकमा  १०÷१२ जनाको समूह आगजनी गरी फरार भएको थियो ।

उक्त ट्रकमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट ट्र्कको अगाडिको भाग पुर्णरुपमा जलेर नष्ट भएको थियो । आगलागीबाट ट्र्कका चालक भारत इस्लामपुर बस्ने बर्ष ४० को प्याड रोयको दाहिने हातको पाखुरा र ढाड जलेर  घाइते भएका थिए ।

उनको उपचारको लागि बीएण्डसी अस्पतालमा उपचार भई थप उपचार नर्थ बंगाल मेडिकल कलेजमा भईरहेको अवस्थामा शनिबार मृत्यु भएको हो ।

चालकको मृत्यु भएपछि उनका आफन्तले आइतबार डेढ घण्टासम्म शवलाई नेपाल–भारत सिमानामा ल्याएर सडक अवरुद्ध गरेका थिए ।

घटनापछि भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेर शव नेपाल ल्याइएको छ । उक्त शव अहिले मेची प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ ।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले प्रसाईंका कार्यर्ता भिम तुम्बापोसहित ६ जनालाई पक्राउ गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register