साफ महिला फुटबलमा प्रतिस्पर्धा गर्न पाकिस्तानी टोली नेपाल आइपुग्यो (तस्वीरसहित)

काठमाडौं । साफ महिला फुटबल प्रतियोगितामा सहभागी हुन पाकिस्तानी टोली काठमाडौं आइपुगेको छ । पाकिस्तानी टोली शनिबार राति काठमाडौं आइपुगेको हो । अखिल नेपाल फुटबल संघ एन्फा प्रवक्ता सुरेश शाहलगायतका पदाधिकारीहरुले टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । सहभागी हुनेनहुने अन्योलका बीच अन्तिम समयमा पाकिस्तानले साफमा सहभागी हुन स्विकृति पाएको थियो । पाकिस्तानले भारतसँग पहिलो […]

Oct 13, 2024 - 04:17
 0
साफ महिला फुटबलमा प्रतिस्पर्धा गर्न पाकिस्तानी टोली नेपाल आइपुग्यो (तस्वीरसहित)

काठमाडौं । साफ महिला फुटबल प्रतियोगितामा सहभागी हुन पाकिस्तानी टोली काठमाडौं आइपुगेको छ ।

पाकिस्तानी टोली शनिबार राति काठमाडौं आइपुगेको हो । अखिल नेपाल फुटबल संघ एन्फा प्रवक्ता सुरेश शाहलगायतका पदाधिकारीहरुले टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

सहभागी हुनेनहुने अन्योलका बीच अन्तिम समयमा पाकिस्तानले साफमा सहभागी हुन स्विकृति पाएको थियो । पाकिस्तानले भारतसँग पहिलो खेल खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ ।

च्याम्पियनसिपमा दक्षिण एसियाका सातै टोली नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदै छन् । खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा घरेलु टोली नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स छन् ।

सातौं संस्करणको साफ महिला च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म आयोजना हुनेछ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register