‘साइबर सेना’ शब्द प्रयोग गरेपछि माग्ने बुढाले मागे माफी

काठमाडौं । माग्ने बूढा ऊर्फ केदारप्रसाद घिमिरेले माफी मागेका छन् । एक कार्यक्रममा सरिक हुने क्रममा उनले चलचित्र क्षेत्रमा ‘साइबर सेना’ सक्रिय भएको अभिव्यक्ति दिएका थिए । उनले प्रयोग गरेको शब्द साइबर सेनाको आलोचना भएपछि उनले माफी मागेका हुन् । “एक कार्यक्रममा आवेगमा मैले ‘साइबर सेना’ शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु । मेरो परिस्थिति बुझाइको […]

Oct 13, 2024 - 05:33
 0
‘साइबर सेना’ शब्द प्रयोग गरेपछि माग्ने बुढाले मागे माफी

काठमाडौं । माग्ने बूढा ऊर्फ केदारप्रसाद घिमिरेले माफी मागेका छन् ।

एक कार्यक्रममा सरिक हुने क्रममा उनले चलचित्र क्षेत्रमा ‘साइबर सेना’ सक्रिय भएको अभिव्यक्ति दिएका थिए ।

उनले प्रयोग गरेको शब्द साइबर सेनाको आलोचना भएपछि उनले माफी मागेका हुन् ।

“एक कार्यक्रममा आवेगमा मैले ‘साइबर सेना’ शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु । मेरो परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अवस्था फरक महसुस गरको छु,” उनले भनेका छन् ।

माग्ने बुढाले प्रयोग गरेको शब्दप्रति अभिनेता विराज भट्टले कटाक्ष गरेका थिए । भट्ट र उनका छोरा समीर भट्ट अभिनित चलचित्र ‘१२ गाउँ’ अहिले हलमा लागिरहेको छ ।

यस्तै यता माग्ने बुढा अभिनित ‘छक्का पञ्चा ५’ पनि चलिरहेको छ । यी दुईवटा चलचित्रले होडबाजीमा कमाइ गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register