पाकिस्तानको टेस्ट टोलीबाट हटाइयो बाबरसहित ४ मुख्य खेलाडी

काठमाडौं । जारी टेस्ट सिरिजको पहिलो खेलमा इंग्ल्याण्डसँगको लज्जास्पद हारपछि पाकिस्तानले टेस्ट टोलीमा धेरै परिवर्तन गरेको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले बाबर आजम, शाहिन शाह अफ्रिदी, नसिम शाह र सरफराज अहमदलाई दोस्रो र तेस्रो टेस्टका लागि टोलीबाट हटाएको छ। पाकिस्तान र इंग्ल्याण्डबीचको मुल्तानमा भएको पहिलो टेस्ट म्याचमा पाकिस्तान एक इनिङ्स र ४७ रनले पराजित […]

Oct 13, 2024 - 13:05
 0
पाकिस्तानको टेस्ट टोलीबाट हटाइयो बाबरसहित ४ मुख्य खेलाडी

काठमाडौं । जारी टेस्ट सिरिजको पहिलो खेलमा इंग्ल्याण्डसँगको लज्जास्पद हारपछि पाकिस्तानले टेस्ट टोलीमा धेरै परिवर्तन गरेको छ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले बाबर आजम, शाहिन शाह अफ्रिदी, नसिम शाह र सरफराज अहमदलाई दोस्रो र तेस्रो टेस्टका लागि टोलीबाट हटाएको छ।

पाकिस्तान र इंग्ल्याण्डबीचको मुल्तानमा भएको पहिलो टेस्ट म्याचमा पाकिस्तान एक इनिङ्स र ४७ रनले पराजित भएको थियो ।

यस खेलको पहिलो इनिङ्समा पाकिस्तानले ५५६ रन बनाएर पनि पराजित भएको थियो । यो खेलमा बाबर आजमले खास केही गर्न सकेनन् । उनले पहिलो इनिङ्समा ३० रन र दोस्रो इनिङ्समा पाँच रन मात्र बनाएका थिए ।

दोस्रो र तेस्रो टेष्ट खेलका लागि पाकिस्तानको टोली 

शान मसूद (कप्तान), साउद शकील (उपकप्तान), आमिर जमाल, अब्दुल्ला शफिक, हसिबुल्लाह (विकेटकीपर), कामरान गुलाम, मेहरान मुमताज, मिर हम्जा, मोहम्मद अली, मोहम्मद हुरैरा, मोहम्मद रिजवान (विकेटकीपर), नोमान अली, साम। अयुब, साजिद खान, सलमान अली आगा र जाहिद महमूद।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register